Breaking News

सरकारबीच कानुन बनाउने होडवाजी : दाहाल

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १७:३६

विराटनगर, ६ जेठ । प्रशासनविद् काशीराज दाहालले विभिन्न लफडा सिर्जना हुने गरी सबै तहका सरकारबीच कानुन बनाउने होडबाजी चलिरहेको बताउनु भएको छ ।

दाहालले स्थानीय, प्रदेश र संघीय सरकार कानुन बनाउने होडबाजीमा लागेको बताउनु भयो । विराटनगरमा आज आयोजित उच्चस्तरिय प्रशासन सुधार कार्यान्वयन तथा अनुुमगन समितिको अन्तक्रिया कार्यक्रममा बोल्दै समितिका सभापतिसमेत रहनु भएका दाहालले अनावश्यक कानुनको लफडामा कुुनै पनि तहका सरकार पर्न नहुुने तर्क गर्नु भयो ।

प्रदेश, जिल्ला समन्वय समिति, स्थानीय सरकारका अधिकारी, न्यायक्षेत्रका व्यक्ति एवं प्रशासकहरु समक्ष विज्ञ दाहालले दिगो विकास र समृद्धि प्राप्त गर्नका साथै जनताले अनुुभूत गर्ने अतिआवश्यकीय मात्र कानुन बनाई व्यवहारमा लागू गर्नुु पर्ने राय प्रस्तुत गर्नु भयो । उहाँले सरकारहरुबीच एकअर्कामा राम्रो समन्वय हुने हो भने धेरै कानुन बनाउन आवश्यक नपर्ने पनि स्पष्ट पार्नु भयो ।

प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले भइरहेका कर्मचारीबाटै जतिसक्दो राम्रो सेवा लिन सक्नुु पर्ने बताउनु भयो । सरकार बलियो भए कर्मचारी कम चाहिने तर्क गर्दै उहाँले कर्मचारी क्षेत्रमा राजनीतिको अन्त्य गर्न सुुझाव दिनु भयो । प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले प्रशासनिक क्षेत्रमा सकारात्मक सोच आवश्यक रहेको बताउनु भयो ।

सबैमा समस्या पुरानो मानसिकता रहेको भन्दै सोचेअनुसार सरकारले गति लिन नसकिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी क्रमशः रमेश कुमार केसी र प्रेमप्रकाश उप्रेतीले जिल्ला प्रशासन संघीय सरकार मातहत रहेको सेवा प्रवाहको जिल्लाको प्रमुख निकाय भए पनि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर जनतालाई सेवा दिइरहेको जानकारी गराउनु भयो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश शिवराज अधिकारीले सबै कुरा कानुनमा उल्लेख नहुुने भन्दै सेवा प्रदायक स्थानमा बसेको जिम्मेवार व्यक्तिले विवेक प्रयोग गर्दै तजविजपुूर्ण अधिकार प्रयोग गर्नुु पर्ने धारणा राख्नु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३