प्रकाशित : ४ जेष्ठ २०७६, शनिबार १३:५४

विराटनगर ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा सभापति देउवाले भन्नुभयोे,‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन दिदैंनौं ।’’ सरकारले बजेट एकपक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर रेलिङ नभत्काउने बताउनुभयो ।

‘‘बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको होइन’’देउवाले भने,‘‘पत्रकार आंफै जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै विधेयक ल्याएका छन् तर उनीहरु आफैंले बुझ्ने कुरा हो के लेख्ने न लेख्ने ? सरकारले भन्नै पर्दैन । पत्रकारले जे पनि लेख्न पाउँछन ।’’ देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी  गर्नुभयोे ।

अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उनले सकारको कामकार्वाही हेर्ने हो भने डेढ वर्षमा केही नै नभएको टिप्पणी गर्नुभयोे ।

पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको बताउनुभयो । विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भन्नुभयोे,‘‘प्रधानमन्त्री जे पायो त्यही बोल्दै हिंड्नु हुन्छ । यस्तो व्यवहार आफैं सुधार गर्ने हो । सुधार गराई दिने म डाक्टर होइन ।’’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३