प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १८:५४

विराटनगर, ३ जेठ । संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गर्दै सन्चारकर्मीहरुले शुक्रबार देशभर प्रदर्शन गरेका छन् ।

मिडिया काउन्सिल विधेयक संविधानको भावनाविपरीत ल्याइएको र यसले सम्पूर्ण सन्चार क्षेत्रलाई बन्धक बनाउन खोजिएको आरोप लगाउँदै सन्चारकर्मीले देशभर प्रदर्शन गरेका हुन् । यसैक्रममा नेपाल पत्रकार महासंघको अगुवाइमा सन्चारकर्मीहरुले नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गरेका छन् ।

यसैबिच सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको विरोधमा आज मोरङका पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आवद्ध पत्रकारहरुले विराटनगर महानगरपालिकाको बिप्लटमा सञ्चारसामग्रीसहित धर्ना दिएका हुन् ।

पत्रकार महासंघ मोरङमा भेला भई त्यहाँबाट बिप्लटमा पुगेर धर्ना धर्ना दिएका हुन् । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरुले आफना सञ्चारसामग्री राखेर धर्ना दिएका हुन् ।

संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्ने गरि ब्यवस्था ल्याउन खोजेकोले देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३