प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १८:५०

विराटनगर ३ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारान्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । विश्व विद्यालयले आफ्नो शाखा बढाउने कार्यक्रम तर्फ लाग्न सुझाव सरोकारहरुले दिएका हुन ।

पूर्वाञ्चल विश्व विद्यालय प्राध्यापक संघले आज विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय रोजाईका हिसावले कम भित्र पर्ने बताउनुभयो ।

विश्व विद्यालयको सिलेवस अन्य विश्व विद्यालयको तुलनामा धेरै राम्रो भएपनि प्रर्वद्धनका कार्यक्रम भने गर्न नसकीएको पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ एशोसिएसनका उपाध्यक्ष गोपी न्यौपानेले बताउनुभयो ।

२०५० साल स्थापना भएको विश्व विद्यालयले २०५२ सालदेखि कार्यक्रम शुरु गरेको थियो । हाल ८ वटा आंगिक क्याम्पस , १ सय १५ वटा संवन्धन प्राप्त र ६ वटा संकाय अन्र्तगत ६८ वटा शैक्षिक कार्यक्रम सञ्चालित छ ।

२८ हजार विद्यार्थी अहिले अध्ययनरत छन् । विश्व विद्यालयको अवस्था राम्रो हुँदा हुँदै पनि बनिरहेका ऐनका कारण भने भोलीको भविष्य चुनौतिपूर्ण रहेको कर्मचारी संघका केन्द्रिय सभापति राजकुमार सापकोटाले बताउनुभयो ।

पूर्वाञ्चल विश्व विद्यालय प्रधाध्यापक संघले आयोजना गरेको हिजो, आज र भोली विषयक अन्र्तक्रियामा नेपाली काँग्रेस प्रदेश नं. का प्रमुख सचेतक केदार कार्की, समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनस्यामलाल दास, रजिष्टार प्रमिला थापा लगायत विश्वविद्यालयसँग संवन्धित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३