प्रकाशित : १ जेष्ठ २०७६, बुधबार १९:३५

विराटनगर १ जेठ । कर्मचारी समायोजन पछि पनि प्रदेश नं १ का प्रादेशिक कार्यालयहरुमा कुल दरबन्दी मध्ये एकतिहाई कर्मचारी अपुग भएपछि प्रदेश सरकार आफैले लोकसेवा मार्फत बाँकी कर्मचारीको पदपूर्ति गर्ने भएको छ ।

प्रदेश सरकारले लोकसेवा आयोगको स्थापना गरेर प्रदेश र स्थानीय तहमा रिक्त दरबन्दीको पूर्ति गर्ने कुरा प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारीले बताउनुभयो ।

प्रदेश नम्बर १ अन्तर्गतका प्रादेशिक कार्यालयमा २ हजार ४ सय कर्मचारी हुनुपर्नेमा अहिलेसम्म एक हजार पाँच सय कर्मचारीको मात्र पदपूर्ति भएको छ ।

कर्मचारी समायोजन प्रभावकारी हुन नसक्ता र प्रदेश सरकारले नै लोकसेवा आयोग गठन गरेर निजामति कर्मचारी भर्ना नगरेका कारण प्रदेशमा ९ सय कर्मचारी अझै अपुग भएका हुन् ।

प्रदेशमै लोकसेवा आयोग गठनका लागि प्रदेश सरकारले आगमी अधिवेशनबाट प्रदेश निजामती सेवा ऐन र लोकसेवा आयोग ऐन निर्माण गर्ने छ । त्यसको तयारी समेत सरकारले गरिरहेको पनि पदेश सरकारका प्रमुख सचिव अधिकारीले बताउनु भयो ।

प्रदेश सरकारको सेवालाई चुस्त दुरुस्त बनाउन र सरकारका निर्णयहरु प्रभावकारी कार्यन्वयनका प्रदेश सरकारले आफ्ना कर्मचारीहरुको क्षमता विकास पनि जोड दिने भएको छ । त्यसका लागि झापाको कलबलडुडी स्थित प्रशिक्षण केन्द्रलाई प्रदेश सरकार मातहतमा ल्याई कर्मचारी प्रतिष्ठानको रुपमा विकास गरिने पनि उहाँले बताउनुभयो । “अब प्रदेश सरकारले निजामति सेवा विधिको निर्माण र लोकसेवा आयोगको स्थापना गरेर कर्मचारी भर्ना गर्नेछ,” –प्रमुख सचिव सुरेशले भन्नुभयो– “झापाको कलबलगुडीस्थित प्रशिक्षण केन्द्र शून्य अवस्थामा छ। त्यसलाई प्रादेशिक क्षमता विकास प्रतिष्ठान बनाएर कर्मचारीलाई त्यहीँ प्रशिक्षण दिइनेछ ।”

आवश्यक निकाय र संयन्त्रको अभाव चालु आर्थिक वर्षमा पूँजीगत खर्च अत्यन्त कम भएको उहाँको धारणा छ । वैशाख मसान्तसम्ममा प्रदेशमा पूँजीगत खर्च २० प्रतिशतमात्र भएको बताउँदै आगमी बर्ष देखि यसलाई प्रभावकारी बनाएर ८० प्रतिशतमा पुर्याउने उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३