प्रकाशित : १ जेष्ठ २०७६, बुधबार १९:३१

विराटनगर, १ जेठ । नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् ।

गयराति विराटनगर महानगरपालिका–३ खार्जीबाट चेकजाँचका क्रममा प्रहरीले विराटनगर–९ मा बस्दै आएका ३६ वर्षीय विमलेस साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार साह को २६ प ३१६७ नम्बरको मोटरसाइकलमा सवार थिए ।

सवारी साधन र त्यसका कागजपत्र चेकजाँच गर्ने क्रममा उनीसँग ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परेको श्रेष्ठले बताउनु भयो ।

सवारी चालक र भारतीय आधार कार्ड दुवैमा नाम भने एउटै छ । सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड फेला परेपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा साहलाई पक्राउ गरेर आज मुद्दा चलाउन म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार साह विरुद्ध दोहोरो नागरिकता किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३