प्रकाशित : १ जेष्ठ २०७६, बुधबार १५:५९

विराटनगर, १ जेठ । मोेरङको पूर्वी र उत्तरी क्षेत्रमा कार्यरत पत्रकारहरुले कानुन मन्त्री भानुभक्त ढकाललाई एसएमएस गर्दै आज मिडिया विधेयक संशोधनको माग गरेका छन् ।

नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक संशोधनको पहल गर्नु आग्रह गर्दै मन्त्री ढकाललाई आ–आफ्नो मोबाइलबाट संयुक्त रुपमा एसएमएस म्यासेज पठाएका हुन् । समाचार लेख्ने पत्रकारलाई जरिवाना र जेलसम्मको सजाय हुने विधेयक सदनमा पेस भएपछि मुलुक भरका पत्रकारहरु आन्दोलित छन् ।

सक्रिय पत्रकारले आज हातमा कालो पट्टी बाँधेर यसको विरोध गरे । पत्रकार महासंघ मोरङ शाखाको पथरी सम्पर्क कार्यालयमा भेला भएका पत्रकाहरुले यस विषयमा अन्तरक्रिया गर्दै मिडिया विधेयक संशोधनका लागि दबाब दिन कानुन मन्त्री ढकाललाई एसएमएस गरेको महासंघ मोरङ शाखाका सह–सचिव सन्तोश राईले बताउनु भयो ।

मोरङ क्षेत्र नम्बर ३ बाट विजयी संघीय सांसद समेत रहनु भएका ढकाललाई उहाँले निर्वाचन जितेकै क्षेत्रमा कार्यरत पत्रकारहरुले नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधनका लागि पहल गर्न आग्रह गरेको जानकारी राईले दिनु भयो ।

अन्तरक्रियामा महासंघका केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, प्रेस सेन्टर प्रदेश १ का कोषाध्यक्ष मोहन भट्टराई, प्रेस चौधरी मोरङका उपाध्यक्ष केदार चौहान, प्रेस युनियन मोरङका उपाध्यक्ष हरि कोइराला लगायतले तत्काल विधेयक संशोधन गरेर श्रमजीवि पत्रकारको हितमा कानुन बनाइनु पर्ने माग गर्नु भयो ।

यो विधेयक पास भए मोफसल र ग्रामीण क्षेत्रमा कार्यरत पत्रकार बढी मार्कामा पर्ने उहाँहरुको ठम्याई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३