Breaking News

प्रदेश १ सरकारबाट प्रदेश २ लाई एक करोड सहयोग

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १७:२५

विराटनगर, ३० बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक करोड रुपैयाँको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज हस्तान्तरण गर्नु भएको छ ।

प्रदेश १ सरकारका तर्फबाट बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितका लागि सो रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राईले राउतलाई एक करोडको चेक हस्तान्तरण गर्नु भएको हो । गत चैत १९ गते बारा र पर्सा जिल्लामा हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सामा ठूलो धनजानको क्षति भएपछि प्रदेश १ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ दिने घोषणा गरेको थियो । चेक बुझ्दै प्रदेश १ का मुख्य मन्त्री राउतले विपतका बेला सहयोग गरेकोमा प्रदेश १ सरकारलाई धन्यवाद दिनु भयो ।

चेक हस्तान्तरण गर्दै प्रदेश १ का मुख्य मन्त्री राईले विपतका बखत एकअर्कालाई सहयउोग गर्नु मानविय धर्म भएको बताउनु भयो । विपतका बेला आआफ्नो स्थानबाट एकअर्कालाई सहयोग गर्नु पर्नेमा उहाँको जोड छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३