प्रकाशित : ३० बैशाख २०७६, सोमबार ०९:३३

विराटनगर, ३० वैशाख । सुनसरीको रामधुनी नगरपालिका– ८ मा प्याब्सन नमुना बस्ति निर्माण हुने भएको छ ।

१ करोड ५० लाखको अनुमानित लागतमा निर्माण हुने बस्तिको आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिलन्यास गर्नुभयो । एक विघा क्षेत्रफलमा निर्माण हुन लागेको प्याब्सन नमुना बस्तिमा २५ परिवारका लागि २५ वटा घर निर्माण हुन लागेको हो ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल–प्याब्सनले निर्माण गर्न लागेको बस्तिका लागि आवश्यक जग्गा भने रामधुनी नगरपालिकाले उपलब्ध गराएको हो । दुई कोठा, भान्सा र ट्यावाईलेट बाथरुम सहितका घर बन्ने बस्तिमा बालउद्यान, वगैचा, पार्किङस्थललगायतका भौतिकसंरचनाहरु निर्माण हुने प्याब्सनले जनाएको छ । आइतबार शिलन्यास भएको बस्ति आउँदो दीपावली (तिहार) अगावै हस्तान्तरण गर्ने योजना रहेको प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताउनुभयो ।

सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा बाढी पिडितभएका विपन्न र पछाडी पारिएका समुदायलाई लक्षित गर्दै निर्माण गर्न लागिएको वस्ति प्याब्सनका लागि महत्वपूर्ण योजना रहेको उहाँले सुनाउन्ुभयो ।

बस्ति शिलन्यास कार्यक्रममा शिक्षामन्त्री पोखरेल सहित सोहिठाउँमा जन्मे हुर्केकी कृषि तथा पशुपंक्षि मन्त्रालयकी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीलगायतको उपस्थिती रहेको थियो ।

भवन निर्माणको व्यवस्थापन र संयोजनको जिम्मेवारी भने प्याब्सन प्रदेश कमिटीले पाएको छ । प्याब्सनले वस्ति निर्माण कार्य सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा मेचि देखि महाकालीसम्म २० ओटा सार्वजनिक शौचालय समेत निर्माण गर्ने घोषणा गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३