प्रकाशित : ३० बैशाख २०७६, सोमबार ०९:३१

विराटनगर, ३० बैशाख । मोरङको ग्रामथान स्थित गिदनीय टोलमा स्थानीयबासीको विरोधका कारण दुहबी–कटहरी खण्डको ३३ के भी प्रसारणको हाइटेनसन लाईनको विस्तार कार्य अबरुद्ध हुन पुगेको छ ।

उक्त प्रसारणलाईन विस्तारमा अबरोध सिर्जना हुँदा कटहरी– रंगेली कोरिडोरका उद्योगले भाग्दै आएको विद्युत आपूर्तिको समस्या तत्काललाई यथावत रहने भएको छ ।

उक्त औद्योगिक कोरिडरमा हाल आपूर्ति भईरहेको विद्युत पर्याप्त नभएपछि कटहरीमै सब स्टेशन निर्माण गरी दुहबी सब स्टेशनबाट ३२ के भी प्रसारणको हाइटेनसन लाईन मार्फत विद्युत आपूर्ति गर्न लागिएको हो ।

त्यसका लागि कटहरीमा विश्व बंैकको सहयोगमा सब स्टेशन निर्माण समेत भईसकेको छ । दुहबी र कटहरी क्षेत्रको २६ किलोमिटर क्षेत्रमा सबै टावरहरु समेत निर्माण गरी गिदनीयको दुई किलोमिटर क्षेत्र बाहेक सबै ठाउमा लाईन बिस्तार गर्ने काम समेत भईसकेको छ ।

अहिले कटहरी क्षेत्रमा टङ्कीसिनवरी र विराटनगर रानी सब स्टेशनबाट ११ के भी प्रसारणलाईनबाट बिद्युत आपूर्ति गरिँदै आएको छ । तर उक्त क्षेत्रमा साना ठूला गरेर एक सयको सख्यामा उद्योगहरु रहेका छन् ।

उद्योग र घरेलु प्रयोगकर्ताबाट बिद्युतको माग बढ्न थालेपछि त्यो क्षेत्रमा बिद्युतको ओभरलोड भईरहेको प्राधिकरणको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सचिदानन्दन यादब बताउनु हुन्छ । दुहबी– कटहरीको ३३ के भी प्रसारणलाईन सञ्चालनमा आउन साथ कटहरी– रंगेली कोरिडोरमा देखिएको बिद्युत आपूर्तिको समस्या हल हुने उहाँको दाबी छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३