प्रकाशित : २८ बैशाख २०७६, शनिबार १५:०७


विराटनगर, २८ बैशाख । मोरंगको हसन्दहबाट विराटनगर आई विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको शुक्रबार सम्पन्न एक भेलाले भगवान थापाको संयोजकत्वमा ११ सदस्यीय हसन्दह– विराटनगर सम्पर्क समाजको गठन गरेको छ ।
समाजको उपाध्यक्षमा महेन्द्र विष्ट, महिला उपाध्यक्षमा शिला बस्नेत, सचिवमा डिक घिमिरे, कोषाध्यक्षमा अमित ढकाल र सह–सचिवमा चन्द्र पराजुली रहनु भएको छ । सदस्यहरुमा आभास अधिकारी, नारायण न्यौपाने, रञ्जन कार्की, सुजन थापा, कोपिला थापा पौडेल, मानबहादुर पुरी रहनु भएको छ ।
समाजको सल्लाहकारमा यदु विष्ट, बद्री निरौला, डिल्ली कार्की, कविता बस्नेत, इन्द्रबहादुर थापा, बद्री थापा, मेघा बस्नेत, लक्ष्मण घिमिरे लगायतका व्यक्तिहरु रहनु भएको छ । समाजले हसन्दह (हालको पथरी–शनिश्चरे नगर पालिका वडा नं ५ र ६) को विकास निर्माण, सामाजिक क्षेत्रका बिभिद गतिविधिमा सहयोग पुर्याउने छ ।
मोरङको पुरानो ठाउँ भए पनि पछिल्ला दिनहरुमा हसन्दहका मानिसहरु अन्यत्र नै बसाईसराई गर्दै जाने क्रम बढ्न थालेपछि स्थानीय क्षेत्रको विकास निर्माणको काम पछि परेको महसुस गरी समाजको गठन गरिएको समाजका सयोजक भगवना थापाले बताउनु भयो ।
गैरराजनीतिक संस्थाको रुपमा निर्माण गरिएको यस सस्थाले हसन्दहबाट विराटनगरमा आई बसोबास गरेका र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई हसन्दको विकास निर्माणका गतिविधिमा संलग्न गराउने समाजका उपाध्यक्ष महेन्द्र विष्टले बताउनुभयो ।
भेलामा यदु विष्ट, बद्री निरौला, डिक घिमिरे, अमित ढकाल, कविता बस्नेत लगायतका व्यक्तिहरुले सम्पर्क समाज गठन गर्नुको उद्देश्यबारे जानकारी गराउनु भएको थियो ।