प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार १८:५९

विराटनगर २६ बैशाख । विराटनगरमा फ्युज मेशिन्स नेपाल आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको सुरुवात भएको छ । मुख्यमन्त्री शेरधन राइले मेलाको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा ४० भन्दा बढि स्टलहरुमा विभिन्न स्टार्टअप, कम्पनी र विद्यार्थीका प्रोजेक्टहरु प्रदर्शनमा रहेका छन । कार्यक्रमको उदघाटन मुख्यमन्त्री राईले रोबोट सेन्सर प्रविधि मार्फत गर्नु भएको हो ।

सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले आज र भोली फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले अबको समयमा प्रविधिलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । प्रदेश १ लाई प्रविधि क्षेत्रमा अगाडी बढाएर उत्कृष्ट प्रदेशको रुपमा विकास गर्न विभिन्न योजनाहरु बनाइरहेको जानकारी दिनुभयो । उहाँले अबको सरकारी सेवालाई डिजिटल गर्भनेन्सको रुपमा अघि बढाउन लागिएको मुख्यमन्त्रीले बताउनुभयो ।

कार्यक्रमको दोश्रो दिन भोली आइसिटी कन्फ्रेन्सको आयोजना हुनेछ । कन्फ्रेन्सको पहिलो सेसनमा स्थानिय स्तरमा उद्यमशिलता तथा स्टार्टअपका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल र प्यानल डिस्कसन हुनेछ भने दोश्रो सेसन नयाँ प्रविधि र ट्रेन्ड्सका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम संयोजक राजन लम्सालले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३