प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार १८:५७

विराटनगर, २७ वैशाख । मोरंगको ग्रामथान २, झोराहाटमा बाल विवाह पूर्ण रुपमा रोकिएको बताईएको छ । बाल विवाहका घटनामा कमी आएपछि गत वैशाख ८ गते बाल विवाहमुक्त घोषणा गरिएको वडाध्यक्ष कृष्णकुमार माझीले बताउनुभयो ।

बाल विवाहमुक्त वडा घोषणा पछि बाल विवाह पुरै रोएिको उहाँले दावी गर्नुभयो । वल्र्डभिजन र समाज कल्याण परिषद्ले आज गरेको अनुगमनका क्रममा वडाध्यक्ष माझीले बालबालिका धेरै सचेत भएको गएको बताउनुभयो । उहाँले गत एक बर्षमा ९ वटा बालविवाह रोकेको बताउनुभयो ।

बाल विवाह नियन्त्रणका लागि साविकका ९ वटा वडामा निगरानी समूह गठन गरिएको वडाध्यक्ष माझीको भनाई छ ।

बाल संरक्षण समितिका सदस्य सचिव छत्रपति लुईटेलले बाल विवाह, बाल श्रम, यौन दुराचारका घटना पहिले हुने गरे पनि अहिले बाल विवाह र बाल यौन दुराचारका घटना नियन्त्रण भएर गएको बताउनुभयो । उहाँले बाल श्रम नियन्त्रण हुन नसकेको बताउनुभयो ।

वल्र्डभिजन इन्टरनेशनलका फिल्ड म्यानेजर विनय अमात्यले स्थानीय स्तरमा भएका घटना स्थानीय स्तरबाटै मिलाउनु पर्ने बताउनुभयो । संघ संस्था संधै नरहने भएकाले स्थानीय स्तरबाट पनि काम गर्नु पर्ने बताउनुभयो ।

वल्र्ड भिजन इन्टरनेशनलसँगको सहकार्यमा नारी विकास विराटनगरले ग्रामथान १ र २, बुढीगंगा ६ र ७ , कटहरी ५ र ६ , सुन्दरहरैचा १ र विराटनगर १९ मा बालविवाह नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३