Breaking News

ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १५:४५

विराटनगर, २७ बैशाख । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–३ बतौनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार गयराति ११ः४५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डी एल ७ सी एम ०१७६ नम्बरको स्कोरपिओ गाडीबाट १ सय २५ ग्राम ब्राउन सुगर बरामद भएको थियो । पछिल्लो समय प्रहरीले मोरङबाट सबै भन्दा ठूलो परिणाममा ब्राउन सुगर बरामद गरेको हो ।

गाडीबाट ब्राउन सुगर बरामद भएपछि चालक भारत कुसाकट्टा–१५ पाडरियाका २८ वर्षीय सन्तोश मण्डल र गाडीमा सवार २४ वर्षीय कमरुल खाँनलाई पक्राउ गरिएको डीएसपी न्यौपानेले बताउनु भयो ।

उनीहरु विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–७ का २९ वर्षीय प्रेम विकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ परेका विकको साथबाट ३५ एम्पुल एभिल, ३५ एम्पुल लुपिजेसिक, ३५ एम्पुल डाईजेल्याब बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा विकलाई लागुऔषधसहित पक्राउ गरिएको हो । विक विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३