प्रकाशित : २६ बैशाख २०७६, बिहीबार १८:४०

विराटनगर, २६ बैशाख । मोरङको बेलबारी नगरपालिका – ७ का अध्यक्ष चेतबहादुर बस्नेतले आफैले गरेको निर्णय विरुद्ध आज नगरपालिकालाई ज्ञापन पत्र बुझाउनु भएको छ ।

नगरपालिकाले लागू गरेको शैक्षिक कार्यविधि अदालतले कार्यान्वयन नगर्न आदेश दिए पनि नगरपालिकाले बेवास्ता गरेको भन्दै वडा अध्यक्षसहित पुगेको नेपाली कांग्रेस बेलबारी नगर समितिले नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ज्ञापन पत्र बुझाउन आए पनि उहाँ नगरपालिका भन्दा बाहिर भएकाले उपमेयरलाई ज्ञापन पत्र बुझाइएको बस्नेतले बताउनु भयो छ ।

उच्च अदालत विराटनगरले नगरपालिकाले जारी गरेको शैक्षिक व्यवस्थापन कार्यविधि २०७४ कार्यान्वयन नगर्न बैशाख ९ गते अन्तरिम आदेश दिएको थियो ।

नगरपालिकाले कार्यविधी अनुसार काम गरिरहेको आरोप लगाउँदै वडा अध्यक्ष बस्नेतले त्यस्ता काम रोक्नु पर्ने माग गर्नु भयो । उपप्रमुख पराजुलीले भने अदालतको आदेशपछि कार्यविधी कार्यान्वयन नगरिएको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३