प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १८:३९

विराटनगर, २६ बैशाख । विराटनगर – १६ स्थित क्यान सेन्टर स्थापना गरेर मोरङ प्रहरीले दोस्रो चरणको ‘लागुऔषध अपराध विरुद्धको अभियान’ सञ्चालनमा ल्याएको छ ।

लागुऔषध दुव्र्यसनीलाई समाजमा पुनः स्थापना गर्ने र ओसारपसार, खरिद बिक्री जस्ता गतिविधीबाट युवा जमातलाई जोगाउने उद्देश्यले मोरङ प्रहरीले आजबाट दोस्रो चरणको यो अभियान सुरु गरेको हो । नवनिर्मित क्यान सेन्टरको भवनमा कार्यक्रम गरि दोस्रो चरणको लागुऔषध अपराध विरुद्धको अभियान सुरु भएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर शाखा, पुनस्थापना केन्द्र तथा उपचार केन्द्र र सरोकारवालाहरुसँगको सहकार्य र समन्वयमा यो अभियान सुरु गरिएको मोरङ एसपी मनोजकुमार केसीले जानकारी दिनु भयो ।

लागूऔषध दुव्र्यसनीलाई पक्राउ गरेर मात्र उनीहरूमा सुधार नआएकोले काउन्सिलिङ्ग गरेर समाजमा पुनःस्थापन गर्न अभियान प्रभावकारी हुने उहाँको भनाइ छ । पहिलो तहमा दुव्र्यसनीलाई काउन्सिलिङ्ग दिने, दोस्रो मध्यम तहका लागि पुनःस्थापना केन्द्रमा राखिने र तेस्रो गम्भीर तहका दुव्र्यसवनीलाई विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिनेछ ।

अभियानका क्रममा लागुऔषध प्रयोगकर्ताहरूको उद्धार गरेर उनीहरूलाई काउन्सिलिङ्गपछि अभिभावकहरूलाई बुझाइने एसपी केसीले बताए । प्रहरीले गत भदौ २५ देखि पुस २ गतेसम्म ९० दिन चलाएको अभियानमा १ हजार ६ सय ७८ जना लागुऔषध प्रयोगकर्ताहरूलाई काउन्सिलिङ्ग गरेको थियो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी केदार रिजालले अहिले अपराधको जड भनेको लागुऔषध र मदिरा भएकाले प्रभावकारी रूपमा यस्तो अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । प्रहरी एक्लैले मात्र समाजमा हुने विकृति, विसंगीतहरू सम्भव नहुने भएकोले सबैको साथ सहयोगको खाँचो रहेको उहाँले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३