प्रकाशित : २५ बैशाख २०७६, बुधबार १८:४५


विराटनगर, २५ वैशाख । छाला तथा कपाल प्रत्यारोपण संवन्धिको क्लिनिक आज देखि विराटनगरमा सञ्चालनमा आएको छ । नयाँ प्रविधि सहितबाट सेवा दिने गरि विराटनगर कोशी अञ्चल अस्पताल नजिकै भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक सञ्चालनमा ल्याईएको हो ।
पुर्व क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याईएको क्लिनिकमा छाला संवन्धि सम्पूर्ण रोगको परामर्श तथा उपचार, नङ सम्वन्धि सम्पूर्ण रोग, कपाल सम्वन्धि सम्पूर्ण रोग, छालाको बायोप्सी, एलर्जीको जाँच, गाठा गुठी मुसा मेसिनद्धारा रोग रहित निकालिने सञ्चालक डा.सिल्भिया पियाले जानकारी दिनुभयो ।
उहाँले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको समाधान, पीआरपी थेरापी र दार्ही प्रत्यारोपण गरिने जानकारी दिनुभयो । क्लिनिकमा दाग हटाउने, डन्डीफोर तथा डन्डीफोरको दागको उपचार र हाइड्रो फेसियलद्धारा अनुहारको ग्लो बढाउने उपचार हुने डा. तपन प्रधानले बताउनुभयो ।
क्लिनिकमा आँखाको वरिपरि देखिने कालोपनको उपचार, चाउरी पनको उपचार, आँखाको प्लाष्टिक सर्जरी र कान वेरिएको दाग रहित उपचार हुने डा.दिलिप चौधरीले जानकारी दिनुभयो ।
भिनस छाला तथा कपाल प्रत्यारोप क्लिनिकमा केमिकल पिलिङ, हाईड्रो फेसियल, डर्मारोलर पिआरपी प्रविधिबाट सेवा प्रदान गरिने डा.सिल्भिया पियाले बताउनुभयो ।
छाला तथा कपाल प्रत्यारोपण क्लिनिक विराटनगरमा शुरु भएसँगै सेवाग्राहीहरु काठमाण्डौं, भारत जाने समस्याको समाधान हुने सञ्चालकको दावी छ । क्लिनिकले हरेक बुधबार निशुल्क परामर्श सेवा दिने जनाएको छ ।
कपाल प्रत्यारोपणका लागि हरेक दिन निशुल्क परामर्श सेवा दिईने डा. पियाले बताउनुभयो ।