Breaking News

२६ सयले दिए मापसे परीक्षा

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १८:४३

विराटनगर, २५ वैशाख । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालक मध्ये दुई हजार छ सय एक जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा सचेतना परीक्षा दिएका छन् ।

प्रहरीले मापसे गरेर सवारी साधन चलाए अनिवार्य लिखित परीक्षा दिनु पर्ने नियम २०७५ असोज २४ गतेबाट लागू गरेको थियो । परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्राफिक नियम अनुसार कारवाही गरेर मापसे गर्ने चालकलाई सवारी साधन र कागजपत्र फिर्ता दिने नियम छ ।

सात महिनाको अवधिमा मापसे गर्ने दुई हजार छ सय एक जना चालकले लिखित परीक्षा दिएकोमा दुई हजार चार सय ८७ जना उत्तीर्ण भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार मापसे गर्ने मध्ये एक सय १४ जनाले अनलाइनमार्फत परीक्षा दिएका छन् । ति मध्ये ४४ जना उत्तीर्ण भएका छन् । मापसे गरेर सवारी चलाएमा प्रहरीले सवारी साधन र कागजपत्र नियन्त्रणमा लिने गरेको छ ।

परीक्षा उत्तीर्ण भएपछि मात्रै फिर्ता गर्ने नियम छ ।

तथ्याँक विश्लेषण गर्दा मापसेका कारण अत्यधिक दुर्घटना हुने गरेको पाइएपछि दुर्घटना न्यूनीकरण गर्न र सवारी चालकमा सचेतना फैल्याउन परीक्षा लिन थालिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३