प्रकाशित : २५ बैशाख २०७६, बुधबार १८:४१


विराटनगर, २५ बैशाख । सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना गर्ने भएको छ ।
आगामी बैशाख २७ र २८ गत फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना गर्न लागिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जनाईएको छ । होटल स्र्टन स्टारमा आयोजना हुने कार्यक्रममा स्टार्टअप कम्पनी र आइटी विद्यार्थीका प्रडक्ट तथा इनोभेसनहरु प्रदर्शनमा रहनेछन ।
आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगणमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुदैछ ।
विराटनगर पछि जेठ १० र ११ गते बुटवलमा र जेष्ठ १७ र १८ गते नारायणगणमा कार्यक्रम आयोजना हुनेछ । स्थानिय स्तरमा यहि बसेर आइटीमा केहि गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इनोभेसन र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना भइरहेको छ ।
यस मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, आइओटी, सर्भिस र आइटी शिक्षाका स्टलहरु रहनेछन । ४० वटा स्टलमा विभिन्न कम्पनीका प्रडक्ट र विद्यार्थीका प्रोजेक्टहरु प्रदर्शनमा रहने बताईएको छ ।