प्रकाशित : २३ बैशाख २०७६, सोमबार १३:१३

विराटनगर, २३ वैशाख । प्रदेश नं. १ को राजधानी विराटनगरलाई बनाउने प्रस्तावको जिल्ला समन्वय समिति मोरंगले स्वागत गरेको छ । विराटनगरलाई राजधानी बनाउनका लागि संसद सचिवालयमा नेकपा, नेपाली काँग्रेस, संघिय समाजवादी फोरम लगायतका दलले दर्ता गरेको प्रस्तावको समन्वय समितिको आज बसेको बैठकले स्वागत गरेको हो ।

स्थायी राजधानी विराटनगर र मुख्य कार्यालयहरु पनि विराटनगरमै हुनुपर्नेमा समन्वय समितिले जोड दिएको छ ।

प्रदेशसभा भवन र मुख्यमन्त्रीको कार्यालय विराटनगरमा केन्द्रित हुनुपर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले बताउनुभयो । समन्वय समितिले प्रदेश स्तरिय कार्यालयहरु इटहरी, धरान, धनकुटा लगायतका स्थानमा विस्तार गर्न सकिने जनाएको छ ।

राजधानीको माग गर्दै बन्द हड्तालमा उत्रनु राम्रो नभएको भन्दै दवावका विभिन्न विधिहरु अवलम्वन गर्नुपर्नेमा समन्वय समितिले जोड दिएको छ । नागरिक समाजको नाममा गरिएको बन्द हड्तालले राम्रो सन्देश नदिने समन्वय समितिका प्रमुख पोखरेलले बताउनुभयो । बन्द हड्तालले विराटनगरबाट राजधानी सार्ने तत्वलाई बल पुग्ने समन्वय समितिको ठहर छ ।

संसद सचिवालयमा प्रदेश नं. १ को राजधानी विराटनगर र धनकुटाका लागि ४ वटा प्रस्ताव दर्ता भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३