प्रकाशित : २२ बैशाख २०७६, आईतवार १८:५१

विराटनगर, २२ बैशाख । विराटनगर महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माण गर्न ५० विगाह जग्गा उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारले स्थायी राजधानी घोषणाको तयारी गरिरहेको बेला तत्काल जग्गा उपलब्ध गराउन महानगरपालिका तयार भएको हो । सरकार गठन भएको करिब डेढ वर्षपछि सत्तारुढ नेकपाले विराटनगरलाई केन्द्र बनाएर बृहत बिराट क्षेत्रलाई राजधानी बनाउने निर्णय गरेको थियो ।

नेकपाको बैठकले विराटनगरसहित इटहरी र गोठगाउँमा प्रादेशिक संरचना निर्माण गर्ने सहमति गरेको छ । प्रदेशको नाममा भने सहमति जुटिसकेको छैन ।

जारी अधिवेशनबाट राजधानीको विषयमा औपचारिक निर्णय गरेपछि बजेट अधिवेशनमा नामाकरण गर्ने नेकपाको तयारी छ । नेकपाले राजधानी विकेन्द्रीकरणको तयारी गरेपछि महानगरपालिकाले ५० बिगाह जमिन प्रदेश सरकारलाई उपलव्ध गराउने निर्णय लिएको प्रमुख भीम पराजुलीले बताउनु भयो ।

मुख्यमन्त्री शेरधन राईले यस प्रदेशमा स्याटेलाइट सिटी निर्माण गर्ने बताउँदै आउनु भएको छ । विराटनगर– १९ मा स्याटलाइट सिटी निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन ल्यान्ड पुलिङको काम पनि सुरु गरिएको पराजुलीले बताउनु भयो ।

तत्काललाई विराटनगर– १६ मा रहेको विराटनगर जुट मिलको स्वामित्वमा रहेको सरकारी जग्गा, नेशनल ट्रेडिङको करिब ७ विगाह, कोशी प्रोजेक्टमा रहेको १२ विगाह, विराटनगर–५ कोचाखालामा रहेको ५ विगाह, विराटनगर–१९ मा रहेको ६ विगाह सरकारी जग्गा र ल्याण्ड पुलिङ गर्दा प्राप्त हुने जग्गा गरी ५० विगाह उपलब्ध गराउने प्रमुख पराजुलीले बताउनु भयो ।

महानगरले विराटनगर १९ मा ल्याण्ड पुलिङ गरी व्यवस्थित सहरी विकासको योजना अघि सारेको छ । ल्याण्ड पुलिङ गर्दा सरकारको नाममा आउने जग्गा पनि प्रदेश सरकारलाई नै हस्तान्तण गर्ने पराजुलीले बताउनु भयो ।

यसअघि प्रदेश सभाको भवन निर्माण गर्न बिराटनगर ७ स्थित हाटखोलामा अढाई बिगाहा जमिन दिने महानगरले बताएको थियो । ऐतिहासिक विराटनगर महानगरमा प्रशस्त भौतिक पूर्वाधार रहेकोले राजधानी अन्यत्र सारेमा प्रदेशको आर्थिक सम्बृद्धी हासिल गर्न ढिलो हुने महानगरको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३