प्रकाशित : २२ बैशाख २०७६, आईतवार १८:४९

विराटनगर, २२ बैशाख । सुनसरीको धरानलाई प्रदेश १ को स्थायी राजधानी घोषणा गरिनु पर्ने माग गर्दै आज विराटनगरस्थित प्रदेशसभा भवन अघि प्रदर्शन गर्दै सिट्ठी जुलुस निकालिएको छ ।

धरान उपमहानगरपालिकाकी कार्यबहाक प्रमुख मञ्जु भण्डारीको नेत्रृत्वमा गाडी रिजर्व गरेर आएका धरानेको प्रदर्शनका कारण प्रदेशसभा बैठक प्रभावित भएको थियो ।

प्रदर्शन र सिट्ठी जुलुसमा राजनैतिक दलका नेता कायर्कर्ता, नागरिक समाजका अगुवा, जनप्रतिनिधि र धरानका बासिन्दा सहभागी छन् । विराटनगर र इटहरीलाई जोडेर प्रदेशको राजधानी बनाउने निर्णय सत्तारुढ नेकपाको प्रदेश कमिटीले गरेपछि त्यसको विरोधमा धरानेहरु उत्रिएका हुन् । प्रदेशसभा अघि प्रदर्शन र नाराजुलुस थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

नेकपाले विराटनगर र इटहरीलाई जोडेर प्रदेश राजधानी बनाउने र त्यसको संरचना मोरङको गोठगाउँमा पनि लैजाने निर्णय गरेको थियो । स्थायी राजधानीका लागि मोरङको विराटनगर, सुनसरीको इटहरी र धनकुटा आन्दोलित छन् ।

धरानसँग राजधानी माग गरेर आन्दोलन गर्ने सहरको संख्या चार पुगेको छ । कार्यबहाक मेयर भण्डारीले सबैतिर राजधानीको माग उठिरहेका बेला धरानलाई भने उपेक्षा गर्न लागिएको गुनासो गर्नु भयो ।

उपेक्षा गरिएका कारण धरानको पक्षमा दबाब दिनलाई प्रदेशसभा अगाडि नै आएर आन्दोलन गर्नु परेको उहाँको भनाइ छ । बहुसांस्कृतिक र बहुआयामिक धरान वातावरणीय हिसावले पनि सुन्दर रहेको दाबी धरानका बासिन्दाको छ ।

स्वास्थ्य, शिक्षा र भौगोलिक हिसावले पनि धरान प्रदेशको राजधानी बनाउन उपयुक्त रहेको संघिय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले बताउनु भयो ।

प्रदर्शनमा उत्रिएकाहरुले प्रदेश १ का मुख्य शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी समेतलाई राजधानीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा धरानलाई राजधानी नबनाइँदा उत्पन्न परिस्थितिको जिम्मा प्रदेश सरकारले लिनु पर्ने दाबी गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३