प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार १८:४४

विराटनगर, २२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस तथा संघीय समाजवादी फोरम नेपालले प्रदेश १ को राजधानीका लागि विराटनगरको नाम प्रस्ताव दर्ता गराएका छन् ।

तर, नेकपा र अन्य दुई दलको प्रस्ताव फरक छन् । आज दिनभर सर्वदलिय बैठकका क्रममा बाझिएका केही विषयमा छलफल भए पनि त्यसले तार्किक निष्कर्ष दिन नसक्दा दलहरुले छुटाछुटै प्रस्ताव दर्ता गराएका हुन् । सोही क्रममा विराटनगरस्थित प्रदेश सभामा नेकपाले राजधानी विराटनगरसहित बृहत विराट विकास क्षेत्र अन्र्तगत कार्यपालिका र ब्यवस्थापिकासहित इटहरी र सुन्दरहरैंचामा प्रशासनिक संरचना बनाउने गरि प्रस्ताव दर्ता गरेको हो ।

नेकपाको प्रस्तावकमा बुद्धिकुमार राजभण्डारी रहनु भएको छ । सांसदहरु विजयकुमार विश्वास, लिलम बस्नेत, राजकुमार ओझा, राजेन्द्रकुमार राई र सावित्राकुमारी रेग्मी र यशोदा अधिकारीले समर्थक रहनु भएको छ ।

त्यसैगरि, प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले पनि संयुक्त प्रस्ताव दर्ता गरेको छ । विराटनगरलाई राजधानी र विराटनगर महानगरपालिका भित्रै कार्यपालिका र व्यवस्थापिका रहने गरि प्रस्ताव दर्ता गरिएको फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले जानकारी दिनु भयो ।

यस प्रस्तावमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की प्रस्तावक, फोरम नेपालका संसदीय दलका नेता यादव र कांग्रेसका सांसद शिव नारायणसिंह गन्गाई समर्थक रहनु भएको छ ।

त्यसैगरि, धनकुटाले पनि राजधानीका लागि प्रस्ताव दर्ता गरेको छ । धनकुटाका लागि नेपाली कांग्रेस सांसद लिला सुब्बा प्रस्तावक र समर्थकमा फोरमका सांसद रामचन्द्र लिम्बू र नेपाली कांग्रेसका अर्का एक सांसद रहनु भएको छ । प्रदेशको राजधानीका सन्र्दभमा कांग्रेस र फोरम नेपालले कार्यपालिका र व्यवस्थापिका विराटनगरमै हुन पर्ने अडान राख्दै आएका छन् ।

यद्यपी सत्तारुढ दल नेकपाले भने बृहत्त विराट विकास क्षेत्रमा कार्यपालिका र व्यवस्थापिका राखिनुपर्ने निर्णय गरेको थियो । जसका लागि इटहरी र सुन्दरहरैंचालाई जोड दिइएको छ ।

यसैगरि भोली २ बजेका लागि संसद बैठक आब्हान गरिएको छ । सो बैठकमा यस विषयले भने प्रवेश पाउने नपाउने अन्यौल रहेको फोरमका सांसद यादवले बताउनु भयो ।

आज दर्ता भएको प्रस्ताव र राजधानीको विषयमा सभामुखले हालसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको उहाँले जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३