प्रकाशित : २० बैशाख २०७६, शुक्रबार १८:५८

विराटनगर, २० वैशाख । विराटनगरका पत्रकार मोहन भण्डारीलाई भवानीप्रसाद जिवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

२६ औ विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आज पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा उद्घोष दैनिकका सम्पादक भण्डारीलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । एक नम्बर प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले नगद ४१ हजार एक सय एक रुपैया र सम्मानपत्र सहित सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले पत्रकारले पेशागत मर्यादा कायम राख्दै तिनै तहका सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाले पत्रकार देश र जनताप्रति उत्तरदायि हुनुपर्ने र इमान्दारिताबाट चुक्न नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका प्रदेश १ का महासचिब विवेक गौतमले अहिले पनि पत्रकारहरु समाचार लेखेकै आधारमा गिरफ्तार हुने गरेको भन्दै पत्रकारहरुले स्वतन्त्रपुर्वक समाचार सम्प्रेषण गर्न पाउनुपर्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले हरेक आन्दोलन सफल बनाउन पत्रकारीताले सधै अग्रणी भुमिका निर्वाह गरेको भन्दै सत्य तथ्य विषय निर्वाध रुपमा सम्प्रेषण गर्न पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अग्रज पत्रकार पत्रकार शिबहादुर कार्की, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशी, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बोल्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३