प्रकाशित : १९ बैशाख २०७६, बिहीबार १८:५६

विराटनगर, १९ बैशाख । मोरङ जिल्लामै सवैभन्दा बढी विवादहरु मेलमिलापको माध्यमबाट निरुपण गरेको पथरीशनिश्चरे नगरपालिकाको न्याय सम्पादन कार्य समेत व्यवस्थित देखिएको छ ।

जिल्ला अदालतबाट आएको न्यायाधीशसहितको टोलीले आज अनुगमन गर्ने क्रममा पथरीशनिश्चरे नगरको न्यायिक समितिको कार्य सम्पादन अन्य स्थानीय तहको तुलनामा व्यवस्थित देखिएको ठहर गरेको हो ।

अनुगमनमा आएको जिल्ला न्यायाधीश दीपक खनालको नेतृत्वको टोलीले वडावडामा मेलमिलापकर्ता राखेर विवादको निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरेको छ । न्यायाधीश खनालले पथरीशनिश्चरेको न्याय सम्पादनका गतिविधि, प्रक्रिया एवं सक्रियता जिल्लामै व्यवस्थित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक यमुना विष्ट (बाँस्तोला)सँग छलफल गर्दै उपप्रमुखको सक्रियतासँगैको मेलमिलाप कार्यले समाजमा विवादका घटना कम हुँदै जान मद्धत पुग्ने ठहर गर्नुभएको छ । विवाद निरुपणका क्रममा गरिने कागजात र राखिने अभिलेख राख्ने शैलीलाई केही व्यवस्थित गर्न भनें टोलीले सुझाव दिएको छ ।

न्यायाधीश खनालको अगुवाईमा शाखा अधिकृत युवराज पौडेल, नायव सुब्बा चिरञ्जिवी पौडेलसहितको टोलीसँग न्यायिक संयोजक बाँस्तोलाकासाथै नगरका कानुनी सल्लाहकार दीपक राई, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, पर्शुराम न्यौपाने, उजुरी प्रशासक विश्वमणि निरौला सहितले अन्तरक्रियात्मक छलफल गर्नुभएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३