Breaking News

दुईजना श्रमिक सम्मानित

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १८:४६

विराटनगर, १८ बैशाख । १३० औं श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले दुइजना श्रमिकलाई सम्मान गरेको छ ।

उद्योग संगठनले रघुपति जुट मिल्स लिमिटेड र अरिहन्त मल्टी फाईबर्समा ३९ बर्ष श्रम सेवा दिनुभएका बूढींगा गांउपालिका ४ का बमबहादुर सुवेदी र विराटनगर जुट मिल्समा ३६ बर्ष श्रम सेवा दिनुभएकी विराटनगर १५ की लक्ष्मी तामाङलाई सम्मान गरेको हो ।

संगठन परिसर तीनपैनीमा आयोजित कार्यक्रमकाबीच प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे र आयोजक संस्थाका अध्यक्ष भीम घिमिरेले दुवैजनालाई नगद ११ हजार १ सय ११ रकम र कदरपत्रसहित सम्मान गर्नुभयो ।

सो अवसरमा बोल्नुहुंदै मन्त्री घिमिरेले देसको आर्थिक समुन्नतिकानिम्ति उद्योगी र श्रमिक बिचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्ने आवश्यक रहेको बताउनुभयो । उहांँले ७ दशकको संघर्षबाट नेपाली जनता अधिकार सम्मपन्न भैसकेको बताउनुहुंदै अबका सबै कृयाकलाप आर्थिक समृद्धि र समाजवाद उन्मुख हुनुपर्ने बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्योगि र श्रमिकबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३