प्रकाशित : १८ बैशाख २०७६, बुधबार १८:४५

विराटनगर, १८ बैशाख । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

१ सय ३० औ अन्तराष्ट्रिय श्रमीक दिवशका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) ले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भैसकेको बताउदै उहाले कानुन र प्रशासनिक संक्रमण यथावत रहेकोले कार्यान्वयनमा केही ढिलाई भएको स्पष्ट पार्नुभयो ।

उहाले हिजोको ऐन कानुन निस्तेज भैसकेको र अहिले सबै कानुन , ऐन बनि नसकेको बताउदै श्रमीक ऐन र सामाजिक सुरक्षा ऐन आंशिक रुपमा लागू भएको भन्दै अब पूर्ण रुपमा कार्यान्वयन हुने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रचलित कानुन परिपालना गर्न गर्ने बताउदै मोरङमा यदी कुनै उद्योगी,व्यसायीले नगरेको पाइएमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

उहाले प्रचलित कानुनको विपक्षमा मोरङका उद्योगी, व्यापारी नरहेको बताउनु भयो । उहाले रोजगारदाता र श्रमीक बीचको सहसम्बन्धले मात्र काम गर्न सहज हुने बताउनु भयो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले उद्योगी र श्रमीक सहयात्री भनिए पनि व्यवहारत लागू हुन नसकेको बताउनु भयो ।

उहाले २७ दशमलब १२ प्रशिशत उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुले न्यूनतम पारीश्रमीक नपाएको बताउनु भयो । यसैगरी ३० दशमलब ५१ प्रतिशत प्रतिष्ठानले सबै श्रमिकलाई श्रम ऐन तथा नियमावलीले स्पष्ट रुपमा व्यवस्था गरेको संचयकोषको समेत व्यवस्था नगरेको जानकारी गराउनु भयो । यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का महासचिव जगत सिंखडाले मजदुरहरुका लागि सीप केन्द्र संचालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

६० लाख भन्दा बढी मजदुरहरु नेपाल बाहिर रहेको र जसमा ४० लाख मजदुरहरु अदक्ष भएकाले जस्तोसुकै काम गर्न बाध्य भएको भन्दै दक्षता र क्षमता बढाएर मात्र रोजगारीमा पठाउनु पर्नेमा जोड दिनुभयो । प्रदेश नम्बर १ मा १४ सय भन्दा बढी प्रतिष्ठान रहेकोमा ९० वटा मात्र सामाजिक सुरक्षा कोषमा सुचिकृत रहेको जानकारी दिनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष टिका प्रसाइको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३