प्रकाशित : १८ बैशाख २०७६, बुधबार १८:४४

विराटनगर, १८ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कर्मचारी समायोजनको नाममा सरकारले श्रमिकहरुमाथि ठाडो हस्तक्षेप गरिरहेको आरोप लगाउनु भएको छ ।

१ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा पार्टीका पूर्व महामन्त्री समेत भइसक्नु भएका सिटौलाले सरकारले कर्मचारी समायोजनका नाममा श्रमिकहरुमाथि सही, निष्पक्ष र न्यायपूर्ण भाव कायम राख्न नसकेको बताउनु भयो ।

श्रमिकको आन्दोलनबाट प्राप्त संविधान, गणतन्त्रलाई समेत चुनौती दिंदै दुई तिहाइको सरकारले श्रमिकहरुकै मूल्यमान्यतालाई तिलाञ्लजी दिएको उहाँको आरोप छ । सरकारबाट लोकतन्त्रवादीमाथि एकपछि अर्को आक्रमण भइरहँदा संघीयता, लोकतन्त्रलाई जोगाउन समेत चुनौतीपूर्ण बन्दै गएको सिटौलाको भनाइ छ ।

कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले सर्वहारावर्गको सरकार नामको मात्र भएको आरोप लगाउनु भयो । झापा लगायतका स्थानमा चिया क्षेत्रमा कार्यरत मजदुरहरुको ३२ दिनदेखि जारी आन्दोलनमा सरकार मुकदर्शक बनिरहेको उहाँको भनाइ छ । कार्कीले समाजिक सुरक्षा भत्ता लागु गरेको भन्दै सरकारले श्रमिकहरुमा भ्रम छरिरहेको आरोप लगाउनु भयो ।

त्यसैगरि, प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले वर्तमान सरकार श्रमिकहरुको पक्षमा नरहेको बताउनु भयो । मुलुकमा गणतन्त्रदेखि संविधान जारी गराउदाँसम्म मजदुरहरुको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँले अब श्रमिकको हकअधिकारलाई बेवास्ता गर्ने सरकारलाई समेत फाल्न श्रमिकहरु एक हुनु पर्नेमा जोड दिनु भयो ।

सरकार श्रमिकको रगतको अहालमा बसेर बासुँरी बजाइरहेको आरोप कार्कीको थियो । कार्यक्रममा नेपाल टे«ड यूनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइराला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले श्रमिक दिवसको शुभकामना दिनु भएको थियो । कार्यक्रममा मोरङ तथा आसपासका क्षेत्रमा कार्यरत विभिन्न क्षेत्रका मजदुरहरुको उपस्थिती रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३