प्रकाशित : १७ बैशाख २०७६, मंगलवार १८:४६

विराटनगर, १७ बैशाख । मोरङको बेलवारी नगरपालिका– ११ मा बस्दै आएकी दश वर्षिय बालिकाले आत्महत्या गरेपछि १४ वर्षिय दिदीले बुबा विरुद्ध जवरजस्ती करणी प्रयास गरेको भन्दै जाहेरी दिएकी छन् ।

प्रहरीका अनुसार गत आइतवार आफ्नै घरमा झुण्डिएको अवस्थामा वालिकाको शव भेटिएको थियो ।

आइतबार झुण्डीएको अवस्थामा बहिनीको शव फेला परेपछि सोमबार १४ वर्षिय दिदीले झड्केलो बुबा विरुद्ध बलात्कारको आरोप सहित किटानी जाहेरी दिएकी हुन् । बालिकाको उजुरी पछि सोमबार नै झडकेलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।

बुबालाई जरवस्ती करणी उद्योगमा मुद्दा दायर गर्न म्याद थप थरेर अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ । प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले पासो लगाएर आत्महत्या गरेको देखिएको उहाँले बताउनु भयो ।

आइतवार आमा बुबा काममा निस्कीएको बेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएपछि तीन बालिकाहरु आमा र झड्केलो बुबासँग बस्दै आएका थिए । बुबाले दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको भन्दै दिदीले उजुरी दिएकी प्रहरीले जनाएको छ ।

उनले बहिनी माथी बलात्कार भएको हुनसक्ने बताएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत बैशाख १ गते बुबाले उजुरी गर्ने झड्केलो जेठी छोरीलाई जबरजस्तीकरणी प्रयास गरेका थिए । तर भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहारका बारेमा सुनाएकी थिइन् ।

घटना बाहिर आए बदनाम हुनेभन्दै आफन्तले घटनालाई घटनालाई घरभित्र नै थामथुम पारेका थिए । तर आफूमाथी दुव्र्यवहार भएको १५ दिनपछि वहिनीले आत्महत्या गरेपछि दिदीले बुबा विरुद्ध जाहेरी दिएकी हुन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३