प्रकाशित : १७ बैशाख २०७६, मंगलवार १८:४४

विराटनगर, १७ बैशाख । मोरङको ग्रामथान गांउपालिका नेपालकै पहिलो बालविवाह मुक्त गांउपालिका हुने सुनिश्चित भएको छ । सो गांउपालिकाको ७ वटै वडा बालविवाहमुक्त घोषणा भइसकेकाले आउदो केहिदिनभित्रै औपचारिकरुपमै नेपालको पहिलो बालविवाहमुक्त गांउपालिका घोषणा गर्ने तयारी गरिएको छ ।

यसअघि १ देखी ५ सम्मका वडा बालविवाहमुक्त घोषणा भइसकेको गांउपालिकाको बांकी रहेका वडानम्बर ६ र ७ लाई आज एक कार्यक्रमको आयोजनागरि बालबिवाहमुक्त घोषणा गरिएको हो ।

साबिकको बनिगामा गाविसलाई विभाजनगरि ग्रामथान गांउपालिकाको वडानम्बर ६ र ७ मा समाहित गरिएको वडाहरुलाई आज संयुक्त कार्यक्रमको आयोजनागरि बालविवाह मुक्त घोषणा गरिएको हो ।

वडानम्बर ६ कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्रदेश १ सभा सदस्य विजयकुमार विश्वासले ती वडाहरुलाई बालविवाहमुक्त घोषणा गर्नुभयो । घोषणा सभामा प्रतिवेदन प्रस्तुत गर्नुहुंदै वडानम्बर ६ का वडाध्यक्ष सबदनारायण चौधरीले गएको एकबर्षमा हुनलागेका ४ वटा बालविवाह रोकिएको जानकारी दिनुभयो ।

ग्रामथान गांउपालिकाको विभिन्न ५ वटा वडामा प्लान र फरेन नेपालले र दुइटा वडामा नारी विकास संघ तथा वल्र्डभिजनले गांउपालिका र सरोकारवालासंग समन्वयगरि विगत एकबर्षदेखि बालविवाह बिरुद्धको अभियान चलाउदै आएको फरेन नेपालका कार्यक्रम संयोजक नवराज निरौलाले जानकारी दिनुभयो ।

उहांले ५ बर्षअघिसम्मको तथ्यांक हेर्दा सो क्षेत्रका वडाहरुमा २० वटाभन्दा बढी बालविवाह हुने गरेको बताउनुभयो ।

बालविवाह घोषणा गर्नुअघि ती वडाका बासिन्दाहरुको घरघरमा पुगेर अभिभावकसंग बालविवाह नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउनुका साथै बालविवाहबाट निम्तिने जोखिम र कानुनी ब्यवस्थाको बिषयमा जानकारी गराइएको जनाइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३