प्रकाशित : १७ बैशाख २०७६, मंगलवार १७:४६

विराटनगर, १७ बैशाख । प्रदेश १ को राजधानी र प्रदेशको नामको अन्तिम निर्णय बैशाख २० गतेपछि टुङ्याउने तयारी भइरहँदा प्रदेश सरकारले सम्पर्क राजधानीका रुपमा धनकुटालाई तोकेको छ ।

आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी तोकेको हो ।

यसैक्रममा बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने गरि निर्णय भएको आन्तरिक मामिला मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिनु भयो ।

तत्कालिन पूर्वाञ्चल बिकास क्षेत्रको राजधानीको रुपमा धनकुटा रहेको थियो । संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पुरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो ।

त्यस्तै प्रदेश एकको यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३