प्रकाशित : १७ बैशाख २०७६, मंगलवार १७:४४

विराटनगर १७ बैशाख । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले वृहत्तर विराट क्षेत्र विकास समवन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ आज प्रमाणीकरण गर्नु भएको छ ।

विधेयक प्रमाणीकरण पछि लामो समयदेखि थाति रँहदै आएको प्रदेश १ को नामाकरण र राजधानीको बिषय टुंगो लगाउन प्रदेश सरकारलाई बाटो खुल्ला भएको छ ।

प्रदेश प्रमुखले हालसम्म २७ विद्येयक प्रमाणिकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताउनु भयो । नेपालको संविधान धारा २०१ (१) र प्रदेश १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १११ बमोजिम प्रदेश सभाको बैशाख १५ गते बसेकोे तेस्रो अधिवेशनको ३३ औ बैठकले यो विद्येयकलाई पारित गरेको हो ।

१२ धारा रहेको विधेयकमा मोरङ र सुनसरी जिल्लाका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको १८ क्षेत्रलाई समेटेर वृहत्त विराट विकास क्षेत्र बनाउने उल्लेख गरिएको छ । यसरी निर्माण गरिने वृहत्तर विराट क्षेत्र निर्माणको लागी समिति गठन गरिने छ ।

समितिमा भौतिक पूर्वाधार मन्त्रीको अध्यक्षतामा प्रदेश सरकारले मनोनयन गरेका महिला प्रदेश सभा सदस्य सहित ३ जना, १८ स्थानीय निकायबाट प्रदेश सरकारले मनोनयन गर्ने ३ जना, प्रदेश सरकारले मनोनयन गर्ने इन्जिनियर, कानून, व्यवस्थापन, शहरी योजना बिषयका बिज्ञ व्यक्तीहरू मध्येबाट १ महिला सहित ३ जना, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव मध्येबाट प्रदेश सरकारले तोकेका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र प्रमुख कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । आयोजनाको ढाँचा, खाका र मापदण्ड निर्माण गर्न प्रदेश सरकारले वृहत्तर क्षेत्र बिकास समिति गठन गर्न लागेको हो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३