प्रकाशित : १६ बैशाख २०७६, सोमबार १४:३५


विराटनगर, १६ वैशाख । समुदायमा आधारित पुर्नस्थापना केन्द्र (सीवीआर) विराटनगरले अपाङ्गता भएका १७ जनालाई सहयोग सामाग्री वितरण गरेको छ ।
केदारमल तोदी निजि ट्रष्ट र सीवीआर विराटनगरको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा पुर्व क्षेत्रका १७ जनालाई सहयोग सामाग्री वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष खडा फ्रेम, वाकर, ट्राईसाइकल, आंशिक हात लगायतका ११ प्रकारका सहयोग सामाग्री विरतरण गरिएको हो ।
सहयोग सामाग्री खरिदका लागि केदारमल तोदी ट्रष्टले २ लाख रुपैयाँ प्रदान गरेको अध्यक्ष अध्यक्ष स्नेहा पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले अपाङ्गता भएका व्यक्तिहरुको विषयमा मन्त्रालयले विभिन्न गतिविधिहरु गरिरहेको बताउनुभयो ।
सहयोग सामाग्रीको विषयमा पनि चाँडै निर्णय गरिने बताउनुभयो । केदारमल तोदीले सहयोग सामाग्री खरिदका लागि सीवीआरलाई नियमित रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सहायक सामाग्री एक पटक मात्र वितरण गरेर नहुने बताउनुभयो ।
सहायक सामाग्री पाएपछि धेरै सहयोग पुगेको अपाङ्गता भएका व्यक्तिहरुले बताएका छन् ।
पाँचथरकी प्रभा आङदम्वेले सहायक सामाग्रीले धेरै सहज हुने बताईन । कक्षा ११ पढ्दै गरेकी उनको देब्रे पट्टीको हातको आधा भाग जन्मदै थिएन । कृतिम हात लगाएपछि आफुलाई धेरै सहयोग पुग्ने उनले बताईन ।