प्रकाशित : १४ बैशाख २०७६, शनिबार १६:०४


विराटनगर, १४ वैशाख । मोरंग जिल्ला बार एसोसिएसनको अध्यक्षमा पुनम गुप्ता निर्विरोध निर्वाचित हुनु भएको छ ।
बारको आज सम्पन्न २७ औं साधारणसभाले अध्यक्ष सहित १८ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ ।
बारको उपाध्यक्षमा डिल्लीराम घिमिरे, सचिवमा नागेश्वरप्रसाद सिंह, सहसचिवमा अञ्जना संग्रौला र कोषाध्यक्षमा दिपककुमार खतिवडा निर्वाचित हुनु भएको छ ।
बारको सदस्यहरुमा मोहम्वत इद्रिस साफी, लीलानाथ सुवेदी, कमला भट्टराई, बलराम मेहता, पुरुषोत्तम नेपाल, मधुसुदन चौधरी, विनोद यादव, भिष्मराज थापा, कमलराज खतिवडा, महेन्द्रप्रसाद वस्ती, प्रदिपराज चौधरी, धन कार्की (थापा) र विकास थापा निर्वाचित हुनु भएको छ । साधारण सभाले ११ जना कार्यकारिणी पार्षद् पनि निर्विरोध चयन गरेको छ ।