प्रकाशित : १४ बैशाख २०७६, शनिबार १६:०१

विराटनगर, १४ बैशाख । प्रदेश एकका नवनियुक्त प्रदेश सचिव सुरेश अधिकारी र प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङबीच भेटवार्ता भएको छ ।

आज प्रदेश सरकारको निवासमा भएको शिष्टाचार भेटका क्रममा सचिव अधिकारीले आर्थिक सुशासनमा जोड दिएर समग्र प्रदेशको विकासलाई गति दिने बताएको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिनु भयो ।

सचिव अधिकारीले भेटका क्रममा प्रदेश सरकारको दृष्टिकोण, नीति र लक्ष्य अनुसार अघि बढदै प्रदेश प्रशासनलाई क्रियाशिल बनाउने लक्ष्यमा आफू रहेको बताउनु भएको थियो । बैशाख २ गते नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेश १ को प्रमुख सचिवमा अधिकारीलाई सरुवा गरेको थियो ।

५१ बर्षिय अधिकारी २०५१ सालका अधिकृत हुनुहुन्छ । सचिव अधिकारीले यसअघि २०६७ सालमा मोरङ जिल्लाको प्रमुख अधिकारीको जिम्मेवारी पनि वहन गरिसक्नु भएको छ ।

डेढ बर्ष प्रमुख भएर बिताउनु भएका अधिकारी त्यसपछि गृह, सूचना तथा सञ्चार हुँदै सामान्य प्रशासन मन्त्रालयमा कार्यरत हुनु हुन्थ्यो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३