Breaking News

बोक्सी आरोपमा कुटपिट गर्ने एकै परिवारका चार पक्राउ

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार १८:५७

विराटनगर, १२ चैत । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ धाती टोल बस्ने एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बोक्सा र बोक्सीको आरोप लगाउँदै छिमेकी वृद्ध दम्पतिलाई कुटपिट गरेपछि ६३ वर्षीय टुनका खवास, ३५ वर्षीय श्यामलाल खवास, ३१ वर्षीय रामकुमार खवास र ३० वर्षीय शशिकला खवासलाई पक्राउ परेका हुन् । उनीहरु एकै परिवारका बुवा, छोरा र बुहारी हुन् ।

शशिकलाले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुले हिजो विहान साढे १ बजे बोक्सा र बोक्सीको आरोप लगाउँदै छिमेकी ६० वर्षीय वृद्ध र उनकी श्रीमतीमाथि घरमै पुगेर सामूहिक रुपमा आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

लाट्ठी, लात्ता र मुड्कीले निर्घात कुटपिट गर्दा वृद्ध वृद्धा दुवै जना घाइते भएका छन् । कुटपिटबाट वृद्धा बेहोस भएर घटनास्थलमै ढलेको प्रहरीले जनाएको छ । उनको अनुहार, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार आक्रमणबाट घाइते भएकी वृद्धा मानसिक रुपमा पनि विक्षिप्त बनेकी छन् ।

प्रहरीका अनुसार परिवारका सदस्य सधैं बिरामी पर्ने गरेको र छिमेकी बोक्सा बोक्सीका कारण बिरामी हुने गरेको भन्दै वृद्ध वृद्धामाथि आक्रमण गरिएको खुलेको छ ।

पक्राउ गरिएका चारै जना विरुद्ध प्रहरीले बोक्सी आरोपको कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३