प्रकाशित : १० बैशाख २०७६, मंगलवार १७:४३

विराटनगर, १० बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ जिल्लामा अध्यक्ष र सचिवको अन्तिम निर्णय गरेसंगै मोरङमा मिश्रित प्रतिक्रिया आएको छ ।

पार्टीतहको यस निर्णयबाट विभिन्न जिल्लामा असन्तुष्टि चुलिदैं गर्दा मोरङका लागि अध्यक्षमा चयन भएका विनोद ढकाल जिल्लामा धेरै असन्तुष्टी नरहेको दावी गर्नु हुन्छ ।

उहाँले पार्टी तहले गरेको निर्णय स्वागतयोग्य भएको बताउनु भयो । पार्टी विधानमा निहीत रहदैं ८ महिनाभित्र जिल्ला अधिवेशन गर्नुपर्ने र अधिवेशनलाई सहज ढंगबाट सम्पन्न गर्नु पर्ने मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ ।

पार्टी एकीकरणपछि गतवर्ष साउनमा जिल्लातहको लागि गठित चारसदस्यीय कार्यदलमा केन्द्रीय सदस्यसमेत रहेका ढकाल, महेश रेग्मी, पूर्वराज्यमन्त्री गोपी अछामी, प्रदेश सांसद कुशल लिम्बू रहनु भएको थियो । सोही कार्यदलले तत्कालीनसमय जिल्ला अध्यक्षमा एमालेतर्फबाट ऋषिकेश पोखरेल, बाबुराम कार्की र रामलाल साह एवं सचिवमा माओवादीतर्फबाट गणेश उप्रेती सुशीलको नाम अघि बढाएको थियो ।

यद्यपि पार्टीले विधीलाई आत्मसात गर्दै नयाँ संरचनाको पूर्वाधार खडा गरेको दावी केन्द्रीय सदस्य महेश रेग्मीको रहेको छ । उहाँका अनुसार पार्टीले पूर्वअवस्थामा रहेकालाई नै जिम्मेवारी सुम्पिने निर्णय गरेपछि दुवैजनालाई जिम्मेवारी दिइएको हो । पार्टी एकतापूर्व ढकाल एमाले मोरङका जिल्ला अध्यक्ष र अछामी माओवादी मोरङका जिल्ला संयोजक रहनु भएको थियो ।

तथापि गएको ८ महिनासम्म अध्यक्ष र सचिवको लागि एकपक्षलाई जिम्मेवारी दिएर हाल नामसहित उहाँहरुको चयन हुनुलाई स्थानीय कार्यकर्ताहरुले सहज रुपमा लिइरहेका छैनन् । ‘साउनबाटै सचिवको जिम्मेवारी तपाईको भन्दै आफूहरुलाई अघि बढाइयो । तर अहिले आएर घरको न घाटको अवस्थामा पुर्याइएको छ,’ सचिवको सिफारिसमा परेका गणेश उप्रेती सुशीलको गुनासो छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३