प्रकाशित : ९ बैशाख २०७६, सोमबार १८:४४


विराटनगर, ९ बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताउनु भएको छ ।
राष्ट्रिय समाचार समितिले आज विराटनगरमा सुरु गरेको तीन दिने प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भन्नुभयोे ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु जरुरी छ ।’
उहाँले कतिपय अवस्थामा मिडियाको दुरुपयोग भइरहेको भन्दै सञ्चार माध्यम मर्यादित हुन जरुरी रहेको पनि बताउनुभयो । राष्ट्रिय समाचार समिति सरकार मातहत रहे पनि सरकारको ढाकछोप नगरी आलोचना गर्नुपर्ने पनि बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारीले राष्ट्रिय समाचार समितिलाई हेर्ने पराम्परागत दिष्टिकोण त्याग्नुपर्ने बताउनुभयो । तालिममा प्रदेश १ का राससका संवाददाता सहभागी छन् ।