प्रकाशित : ९ बैशाख २०७६, सोमबार १८:४१

विराटनगर, ९ बैशाख । निजी विद्यालयमा अनाधिकृत रुपमा शुल्क बृद्धि गरिएको भन्दै आभिभावक संघ विराटनगर महानगर कमिटीले आपत्ति जनाएको छ ।

आँफु खुशी रुपमा शुल्क निर्धारण समिति बनाई निजि विद्यालयमा शुल्क बृद्धि गरिएको प्रति कमिटीले आपत्ति जनाउदै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई आज ज्ञापन पत्र बुझाएको छ ।

अभिभावक संघले महानगर शिक्षा शाखा र शुल्क निर्धारण समितिले गरेका निर्णय सार्वजनिक गरि शिक्षा ऐन अनुशारको समिति गठन गर्नुपर्ने, बृद्धि गरिएको शुल्क अविलम्व फिर्ता गर्नुपर्ने, अंग्रेजी माध्यमका नाममा सामुदायिक विद्यालयले अभिभावकबाट असुल गरेको रकम फिर्ता गर्नुपर्ने र स्थानान्तरण प्रमाण पत्र विना भर्ना गरिएका विद्यार्थी संवन्धित विद्यालयमै फिर्ता हुनुपर्ने माग गरेको छ ।

आफ्ना माग ७ दिन भित्र माग पुरा नभए कानुनी उपचारका रुपमा अदालत जाने संघका प्रदेश संयोजक देवी पन्थीले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३