Breaking News

विधेयक प्रमाणिकरण

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार १७:२१

विराटनगर ८ बैशाख । प्रदेश नं. १ का प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्वाहाङले प्रदेश सभा सचिवालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणिकरण गर्नु भएको छ ।

आज प्रदेश प्रमुखको कार्यालयमा प्रमुख तुम्वाहाङले सो विधेयक प्रमाणिकरण गर्नु भएको हो । प्रमाणिकरण पछि प्रदेश सभाबाट पारित भएका विधेयकको संख्या २५ पुगेको छ ।

प्रदेश सभाको काम कार्वाही सुचारू र व्यवस्थापन गर्न संविधानको धारा १९५ बमोजिम कानूनी व्यवस्था गर्न बान्छनीय देखिएकोले धारा १७५ बमोजिम प्रदेश न १ को सभाले ऐन बनाई प्रमाणिकरणको लागी पेश गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताउनुभयो ।

विधेयकको प्रमाणिकरण पछि सभामुखलाई प्रदेश सचिव नियूक्ती गर्न बाटो खुल्ला भएको छ । प्रदेश सचिव नियुक्तीको लागी सभामुखको सिफारिसमा प्रदेश प्रमुखले गर्ने कानूनी व्यवस्था छ ।

नियुक्ती हुने प्रदेश सचिव प्रमुख सचिव सरह रहने छन । २९ दफा रहेको विधेयकमा सचिवालयको प्रशासकीय प्रमुखको रूपमा प्रदेश सचिव रहने व्यवस्था छ ।

सचिवले प्रदेश सभा र सचिवालयको बार्षिक बजेट तयार गर्ने, आर्थिक, प्रशासनिक सम्वन्धि आवस्यक काम गर्ने र सचिवालय र अन्य निकायसँग आवस्यक समन्वय गर्ने उल्लेख छ ।

सभामुखले प्रदेश सभामा १ जना सचिव नियुक्ती गर्न पाउने संविधानमै व्यवस्था भए अनुसार सभाबाट कानून निर्माण गरि प्रमाणिकरणको लागी पेश गरिएको हो ।

 

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३