प्रकाशित : ४ बैशाख २०७६, बुधबार १८:५९

विराटनगर, ४ बैशाख । मोरङको कटहरीका आगलागि पीडितहरुलाई आज राहत वितरण गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेका हुन ।

आगलागी पीडितलाई व्लाङकेट, त्रिपाल, थाल बटुका लगायतका विभिन्न घरायसी सामाग्रीहरु नरी विकास संघकी अध्यक्ष सीता शर्मा र वल्र्ड भिजन इन्टरनेशनलका फिल्ड म्यानेजर विनय अमात्यले वितरण गर्नु भएको थियो ।

कटहरी वडा नं ६ मा हिजो विहान विद्युत सर्ट भएर आगलागि हुँदा कृष्ण लुईटेल र मनोज विष्टको घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट लुईटेलको घर तथा घरमा रहेका सम्पूर्ण सामान जल्दा करिव १ करोड र विष्टको करिव २ लाख वरावरको क्षति भएको पीडित परिवारले बताएका छन् ।

पीडित परिवारलाई काँग्रेस नेता महेश आचार्य, कटहरी गाउँपालिका प्रमुख रामकुमार कामत लगायतले पनि भेट्नु भएको थियो । गाउँपालिकाले केही खाध्य सामाग्री वितरण गरिएको प्रमुख कामतले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३