प्रकाशित : ३ बैशाख २०७६, मंगलवार १७:४४

विराटनगर, ३ बैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलमा छाडेर झापा फर्कदै गरेको कारको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

गत बुधवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थलमा छाडेर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको पछुवा गाडीको ठक्करबाट इटहरी उपमहानगरपालिका– ९ का २२ वर्षिय हेम चौधरीको मृत्यु भएको थियो । दुर्घटनामा सोही ठाउँका प्रकाश चौधरी गम्भिर घाइते भएका थिए । घाइते चौधरीको विराटनगर अस्पताल ( विराट नर्सिङहोम) मा उपचारका क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिने सुरक्षाकर्मी सवार बा ३ च ७९६२ नम्बरको कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट हेमको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक प्रकाश चौधरीे गम्भिर घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

बुधवार सुन्दरहरैँचामा दिनभरी आल्मुनियमको काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्व राजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्कीएको सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीले ठक्कर दिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३