Breaking News

सडक निर्माणका कारण विराटनगरको कारोबार प्रभावित

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १२:२८

विराटनगर, ३ वैशाख । ढल तथा नाला निर्माणका लागि विराटनगर महानगरपालिकाले विराटनगरको मुख्य बजार क्षेत्रमा तोडफोड गरेपछि यहाँको दैनिक कारोवार प्रत्यक्ष प्रभावित भएको छ ।

बजारमा भएको तोडफोडका कारण सवारी साधन र सर्वसाधारणको आवगमनमा अवरोध पुगेपछि कारोवार प्रत्यक्ष प्रभावित भएको व्यवसायी बताउँछन् । तोडफोड कारण मुख्य सडक र सडकका पेटी भत्किएका छन् । नाला भत्किएर निस्किएको पानीले महानगरपालिका देखि ट्राफिक चौक सम्मको सडक खण्डको विभिन्न स्थानमा एक दर्जन भन्दा बढी खाल्डा खुल्डि परेका छन् । सडक भत्किएर निस्किएको धुलोले मुख्य बजारको बातावरण प्रदुषित बनेको छ ।

सडक र नाली भत्काइएकाले सीटी रिक्सा, देखि मोटर साईकल जस्ता साना सवारी साधान समेत बजार भित्र छिर्न सक्ने अवस्था छैन । सडकबाट निस्किएको धुलोले पसलका शोकेसमा राखिएका कपडा लगायत विद्युतीय सामाग्री समेत विग्रिन थालेको व्यवसायिको गुनासो छ ।
ढल तथा नाला निर्माणका लागि सडक भत्काएपछि पसको ९० प्रतिशत कारोवार घटेको विराटनगरको मुख्य बजार स्थित काबरा इम्पोरियमका सञ्चालक शम्भु प्रसाद काबरा बताउनु हुन्छ ।

जनरल स्टोरका सञ्चालक बण्टी गुप्ताको पनि उस्तै गुनासो छ । सडक बिग्रिएका कारण ग्राहक आउन छाडेको गप्ताको भनाई छ । मेडरोड स्थित कोसी बस्त्रालयका सञ्चालक प्रदीप अग्रवाल पनि पसलको ७० प्रतिशत भन्दा बढी कारोवार घटेको बताउनु हुन्छ । मुख्य बजार र बजार भित्र छिर्ने चारै तर्फका सडकहरु एक साथ तोडफोड गरिएकाले सर्वसाधारणलाई बजार भित्र छिर्न नै सकस परेको अग्रवालको भनाई छ । निर्माणका लागि भत्काउने कुरा राम्रो भएपनि बाइपास सडकको ख्याल नगरी सडक तथा नाली भत्काउँदा बजारको कारोवार बढी प्रभावित भएको हो ।

त्यस्तै विरटनगरको ट्राफिक चौक स्थित दिनेश इम्पोरियमका दिनेश अग्रवालका अनुसार सडक भत्काएपछि पसलको कारोवारमा ९०प्रतिशत गिरावट आएको छ । भत्किएको सडकको धुलोका कारण पसलमा बस्न र सामान बचाउन नै गार्हो भएको उहाँले बताउनु भयो । त्यस्तै ट्राफिक चौककै अर्का व्यवसायी सुदाना साह सडकमा देखिएको हिलो र धुलोले व्यवासाय चौपट्ट भएको बताउनु हुन्छ । धुलोले गर्दा ग्राहक नआउने मात्र होईन सिसा भित्रको शोकेसमा राखिएका बडी स्प्रे, घडी, क्यालकुलेटर जस्ता सामाग्री विग्रिने अवस्थामा पुगेका छन् । पहिले दैनिक १० देखि १५ हजार सम्मको कारोवार हुने साहको पसलमा दुई हजारको कारोवार हुन छाडेको धेरै भइसक्यो ।

विश्व बैंकको सहयोगमा केही बर्ष देखि सुरु भएको क्षेत्रीय शहरी विकास परियोजना ( आरयूडीपी) अन्तर्गत विराटनगर महानगर पालिका भित्र ढक/नाला तथा सडक निर्माणको काम तिव्रगतिमा भईरहेको छ । यतिबेला यो परियोजना अन्तर्गत मुख्या बजार क्षेत्रमा ठूलो तथा सडक नाला निर्माणको कार्य हुँदैछ ।

जसका कारण विराटनगरको तीनपईनी चौक देखि ट्राफिक चौक सम्म, मुख्य बजार प्रवेश द्वारको रुपमा रहेके कोसी अञ्चल अस्पताल आसापासका सडक तथा नाल, रंगेली रोडक र जलजला रोडका ठूला तथा सडक नालिहरु भत्काएर नयाँ निर्माण गर्ने काम भईरहेको छ ।

काम तिव्रगतिमा भईरहेकाले वर्षायाम सुरु हुनु अघि नै निर्माणका कार्य पुरा हुने विराटनगर महानगर पाकिलाका मुख्य इन्जिनियर भरत न्यौपाने बताउनु हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३