प्रकाशित : ३ बैशाख २०७६, मंगलवार १२:२५

विराटनगर, ३ बैशाख । बाहिरी विद्यार्थीको चापसँगै विराटनगरका शैक्षिक संस्थाहरुले भौतिक पूर्वाधार विस्तार गर्न थालेपछि यहाँको शैक्षिक क्षेत्रको लगानी ह्वात्तै बढेको छ । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित विद्यालय र क्याम्पसमा गरेर तीन अर्ब भन्दा बढी लगानी भएको सञ्चालकहरुको दाबी छ ।

खास गरेर प्रतिष्पर्धामा उत्रिएका निजी शैक्षिक संस्थाहरुले पठन पाठन सँगै इन्टरनेट सुविधा सहितको पुस्तकालय, अत्याधुनिक सेमिनारहल, आकर्षक क्यान्टिन, इन्टरनेटको सहज पहुँच, विद्यार्थीका लागि छुट्टै अध्ययन स्थल, मल्टिमिडियाको प्रयोग, सजिसजाउ कक्षा कोठा, फर्निचर, खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापका लागि आवश्यक भौतिक सामाग्रिको सुविधा विद्यार्थीलाई उपलब्ध गराउन थालेपछि शैक्षिक संस्थाहरुको लगानी पनि बढेदै गएको हो ।

मासिनहरु मनोरञ्जनका लागि तारे होटलमा गए जस्तै अहिलेका विद्यार्थीहरु पनि सुविधायुक्त तारे क्याम्पस र विद्यालयमा पठन पाठन गर्न रुचाउँछ । त्यसैले स्कुल तथा क्याम्पस सञ्चालकहरुले विद्यार्थीहरुलाई त्यस्तै सुविधा उपलब्ध गराउन आवश्यक देखियो मेरील्याण्ड कलेज विराटनगरका सञ्चालक भेषराज पोखरेल बताउनुहुन्छ ।

६० को दशकमा सञ्चालनमा आएका निजी स्कुल तथा कलेजले पछिल्ला दिनहरुमा लगानी बढाएर आवश्यक पूर्वाधार थप गरी उच्च तहका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चानल गर्न सुरु गरेका छन् । विद्यालय तहबाट पठन पाठन सुरु गरेको विराटनगर स्थित एभरेष्ठ उच्च मावि अहिले प्लस टु तर्फ विज्ञान र व्यवस्थापन विषयमा पनि पठन पाठन सञ्चालन गरिरहेको छ ।

सुरुमा सानो लगानीबाट सुरु गेको यस विद्यालयले अहिले उच्च तहका विभिन्न शैक्षिक कार्यक्रहरुसमेत सञ्चालन गर्न विराटनगर –५ मा तीन विघा जग्गा २५ बर्षका लागि लिजमा लिएर ४० करोड भन्दा बढी लगानी गरी पूर्वाधार निर्माणको कार्य गरिरहेको छ ।

त्यस्तै प्लस टु तर्फको विज्ञान विषयमा अब्बल देखिएको विराटनगरकै अर्को अरनिको उच्च माविले पनि पूर्वाधार निर्माणमा ४० करोड, विराटनगर मल्टिपलले १० करोड, लर्डबुद्धले १० करोड, शिक्षादीपले १५ करोड, ग्रिनल्याण्डले १० करोड, शिक्षा दीपले १५ करोड भन्दा बढी लगानी गरी भौतिक पूर्वाधार निर्माण गरि रहेका छन् । त्यस बाहेक बाहेक अन्य सान ठूलो विद्यालय देखि उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएका शैक्षिक संस्थाहरुको लगानी पनि ठूलो रहेको विराटनगर स्थित एभरेष्ट उच्च माविका प्रिन्सिपल तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी बताउनुहुन्छ ।

सरकारी प्रयासमा उच्च शिक्षा तर्फ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र स्नातकोत्तर क्याम्पस रहेको विराटनगर धेरै पहिले औद्योगिक नगरी सँगै शैक्षिक केन्द्र पनि हो । काठमाडौ पूर्वी नेपालका अधिकांस विद्यार्थी उच्च शिक्षाका लागि विराटनगर नै आउँथे । पछि उच्च शिक्षा अध्ययन गर्न आएका तीनै विद्यार्थीहरुले स्वरोजगारका लागि ६० को दशक देखि निजी स्कुलहरु सञ्चालन गर्न थालेपछि विराटनगर शैक्षिक हबको रुपमा विकास हुँदै गएको विराटनगर स्थित महेन्द्र मोरङ क्यामपसका सह प्रध्यापक तथा स्टार उच्च माविका सञ्चालक डा.उद्धव पोखरेलको बुझाई छ ।

नेपालको शिक्षा ऐन सातौ संसोधनले निजी विद्यालयलाई कम्पनी ऐन अन्तर्गत सञ्चालन गर्ने व्यवस्था गरेपछि निजी स्कुलमा बैंकहरुले समेत लगानी गर्न थालेको र त्यसपछि विराटनगरका शैक्षिक संस्थाहरुले व्यवसायिक फड्को मार्न सफल भएका हुन्, डा पोखरेलले भन्नुभयो ।
यहाँका विद्यालय र क्याम्समा कोशी पश्चिम सिराह, सप्तरी, धनुषा, मोहत्तरी र भारतको उत्तर विहारका विद्यार्थीहरु समेत अध्ययन गर्न आउने गर्दछन् ।

विशेष गरेर राजधानी पछिको गुणस्तरीय शिक्षा, भाषा, संस्कुति लगायत सामाजिक मनोविज्ञान जस्ता कारणले पनि कोसी पश्चिमका तराईका जिल्ला र उत्तर विहारको विद्यार्थीका लागि विराटनगर उपयुक्त भएको मेरिल्याण्ड कलेजका सञ्चालक पोखरेल बताउनु हुन्छ ।

यहाका स्कुलहरुमा ४० प्रतिशत भन्दा बढी र पलस टु तर्फ झण्डै ६० प्रतिशत विद्यार्थी विराटनगर बाहिरबाट आउने गरेको विद्यालय तथा क्याम्पस सञ्चालकहरुको दाबी छ । विद्यालय शिक्षाका लागि विराटनगरबाट बाहिर नगएपनि एसइइ पछि २० प्रतिशत र प्लस टु पछि झण्डै ४० प्रतिशत विराटनगरका स्थानीय विद्यार्थी राजधानी लगायत भारतका विभिन्न ठाउँमा अध्ययनका लागि जाने गर्दछन् ।

विद्यालय र प्लस टु तर्फ विज्ञान, व्यवस्थापन र शिक्षा जस्ता विषयमा विराटनगरको गुणस्तर राम्रो भएपनि उच्च शिक्षा तर्फ इन्जिनियरिङ्ग, बीबीए, बीआइएम, बीसीए जस्ता विषयमा दक्ष जनशक्तिको अभावमा गुणस्तरिय शिक्षा दिन नसकेका कारण विराटनगरका विद्यार्थी बाहिरिने गरेको प्याब्सनका अध्यक्ष पुरीको दाबी छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३