Breaking News

नेपाल–भारत सीमा क्षेत्रमा भेटियो बेबारिसे पेस्तोल

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १८:४४

विराटनगर १ बैशाख । नेपाल–भारत सीमा क्षेत्रमा रहेको विराटनगर महानगरपालिका–१६ दरैयामा आज दिउँसो एउटा बेबारिसे पेस्तोल फेला परेको छ ।

दरैयामा रहेको बाँस झ्याङमा लुकाई राखेको अवस्थामा मेडइन युएसए लेखिएको नाईन एमएम पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली भेटिएको मोेरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनुभयो ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा पेस्तोल र गोली बरामद भएको हो ।

कोही कसैलाई दबाब दिन र तर्साउनका लागि पेस्तोल भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३