Breaking News

६ जिल्लाबाट ४४ खेलाडी छनौट

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १८:४२

विराटनगर, १ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरु गरेको फुटबल विकास तथा युवा खेलाडी समूह तयारीका क्रममा सुनसरीको दुहबी छनोटबाट ४४ खेलाडीले काठमाडौंको यात्रा गर्ने भएका छन् ।

चैत्र २९ गतेदेखि आजसम्म भएको छनोटका क्रममा प्रदेश नम्बर एकको मोरङ, झापा, सुनसरी, उदयपुर, धनकुटा र प्रदेश २ को सप्तरीबाट ३ सय खेलाडी छनोटमा सहभागी रहेका थिए ।

आज दुहबी रंगशालामा भएको अन्तिम छनोटका क्रममा १३ वर्ष मूनिको उमेर समुहमा २३ र १६ वर्ष मूनिको उमेर समुहमा २१ जना खेलाडी छनोटमा परेको उमेर समूहका राष्ट्रिय प्रशिक्षक मनिष तिम्सिनाले जानकारी दिनु भयो । १३ वर्ष मूनिको उमेर समुहमा मोरङबाट ७, झापा १०, सुनसरी ४ र उदयपुर २ जना चयन भएका छन् ।

त्यसैगरि, १६ वर्षमूनिको उमेर समुहमा मोरङबाट १०, सुनसरी ७, र झापाबाट ४ गरि २१ जनाको छनोट भएको प्रशिक्षक तिम्सिनाले बताउनु भयो । तथापि, प्रदेश २ बाट खेलाडीहरु छनोट हुन सकेनन् ।

हाल ७७ जिल्लाका विभिन्न केन्द्रमा खेलाडी छनोट कार्य जारी रहेको छ । जसमध्ये १३ वर्षमूनिको खेलाडीलाई अन्तिम छनोटका क्रममा काठमाडौंमा स्पर्धा गराइने एन्फाले जनाएको छ । सो उमेर समुहमा एन्फाले धरान एकेडेमी, बुटवल एकेडेमी र काठमाडौं एकेडेमीमा गरि कुल ७५ जना खेलाडीलाई भर्ना लिनेछ । त्यसैगरि, १६ वर्षमूनिको खेलाडीलाई भने राष्टिय टोलीका लागि तयार गर्ने बताइएको छ ।

खेलाडी छनोटका क्रममा राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी वहन गरिसकेका प्रशिक्षक बालगोपाल महर्जन, राजेश मानन्धर, श्याम मानन्धर, पारस चौधरी र तिम्सिना रहनु भएको थियो ।

त्यसैगरि, इलाम जिल्लाबाट पहिलो चरणमा १३ वर्षमूनिको लागि २५, र १६ वर्षमूनिका लागि ८ जना खेलाडी छनोट गरिएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिनु भयो ।

एन्फा सदस्य खड्गीका अनुसार, आउँदो बिहीबार इलाम, पाँचथर, र ताप्लेजुंग जिल्लाबाट काठमाडौंका लागि अन्तिम चरणको खेलाडी चयन हुने बताए । इलाममा हुने छनोटका लागि प्रशिक्षक महर्जन र राजेश मानन्धर रहने जिल्ला फुटबल संघ इलामले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३