Breaking News

विराटनगरबाट लगियो ओलम्पिक टर्च

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १८:०७

विराटनगर, २९ चैत । आठौं राष्ट्रिय खेलकुदका लागि आज विराटनगरबाट औपचारिक रुपमा ओलम्पिक टर्च लगिएको छ । विराटनगरको सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद ०७३ सालमा सम्पन्न भएको थियो ।

आठौं राष्ट्रिय खेलकुदका विभिन्न विधाका खेल चैत २७ गतेदेखि सुरु भए पनि औपचारिक रुपमा खेलकुदको उद्घाटन भएको छैन । सुदूरपश्चिमाञ्चलको नेपालगञ्जमा वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका लागि पूर्व ओलम्यिन खेलाडीले ओलम्पिक टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्वलन गर्दै उद्घाटन गर्नु भयो ।

उक्त ओलम्पिक टर्च विराटनगर बजार घुमाउँदै सबै प्रदेशमा लगिने छ ।

उक्त ओलम्पिक टर्च पूर्व ओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले लिए जानु हुने छ । उक्त ओलम्पिक टर्चको प्रज्वलन कार्यक्रमा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय खेलकुदको सफलताको शुभकामना दिँदै प्रदेशबाट सहभागी भएका खेलाडीलाई विजयी हुनका लागि शुभकामना दिनु भयो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य जयराम यादव, विन्ध्या कार्की, सावित्रा रेग्मी र कुसम श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायत विभिन्न खेलकुदसँग आवद्ध व्यक्ति र खेलाडीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३