Breaking News

कोशी अञ्चल अस्पताल बाहिरै ओपीडी

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १८:०५

विराटनगर, २९ चैत । आन्दोलनरत सरकारी चिकित्सकले आज विराटनगरस्थित का ेसी अस्पताल परिषरबाटै बिरामीलाई सेवा दिएका छन् ।

अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि आउने बिरामीलाई यस अघि विभागिय चिकित्सकले आ–आफ्नो कार्यकक्षबाटै ओपीडी सेवा दिंदै आएका थिए । सरकारले गरेको समायोजनप्रति असन्तुष्टि जनाउँदै अस्पतालमा ओपीडी (बहिरंग विभाग) सेवा ठप्प पारेर गत सोमबारबाट विशेषज्ञ चिकित्सक आन्दोलतमा छन् ।

५ दिनदेखिको लगातारको आन्दोलनका कारण उपचारका लागि पुग्ने बिरामी उपचारविहीन बनिरहेका छन् । उपचार नपाएर सर्वसाधारण बिरामीले बढी दुःख पाउन थालेपछि कार्यकक्ष भित्र नगइकन अस्पतालको आँगनबाटै उनीहरुको उपचार गरिएको बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले जानकारी दिनु भयो । डा. खरेलका अनुसार बिरामीको स्वास्थ्य परीक्षण र उपचार तथा औषधि सिफारिस गर्नेदेखि ल्याब रिपोर्ट हेर्ने काम पनि अस्पताल परिषरबाटै भयो ।

दैनिक एक हजार पाँच सयसम्म बिरामीले ओपीडी सेवा लिंदै आएको प्रदेश १ कै ठूलो सरकारी अस्पतालमा शुक्रबार दुई सय ५० जनाले मात्रै यो सेवा लिए । अस्पताल परिषरबाटै भए पनि सेवा सञ्चालन हुने विषयमा जानकारी नपाउँदा उपचार गराउनेको संख्या कम भएको हुन सक्ने अस्पतालले जनाएको छ ।

अस्पताल संघीय सरकार मातहतमा पारिएको र आफूहरुलाई प्रदेशमा समायोजन गरिएको भन्दै समायोजन पनि संघमै हुनु पर्ने माग गर्दै सरकारी विशेषज्ञ चिकित्सक कोसी अस्पतालको ओपीडी ठप्प पार्दै आन्दोलित बनेका छन् ।

विशेष सरकारी छूटमा उपचार हुने भएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी यस अस्पतालमा बढी आउँछन् । अस्पताललाई संघमा राखिए पनि ५ जना बाहेकका सबै विशेषज्ञ चिकित्सकलाई भने प्रदेशमा समायोजन गरिएको छ ।

अस्पतालमा ८५ जना सरकारी चिकित्सकको दरबन्दी रहेकोमा करारका मेडिकल अफिसरसहित ६० जना कार्यरत छन् । ती मध्ये ९ औं तह माथिका ३० जना विशेषज्ञ चिकित्सक छन् । अस्पताल विकास समितिबाट २५ जना चिकित्सकलाई नियुक्ती दिएर काममा लगाइएको छ ।

सरकारी चिकित्सकले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटमा पनि कुनै निकास ननिस्किए आन्दोलनलाई थप कडा पारेर लैजाने बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३