प्रकाशित : २८ चैत्र २०७५, बिहीबार १७:१९


विराटनगर, २८ चैैत । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयलले तीनवटा कार्यदल गठन गरेकोे छ । आवासीय विद्यालय सञ्चालनका लागि संभाव्यता कार्यदल, स्थानीय भाषा विकास कार्यदल र राजनीतिक संंग्राहलय स्थापना कार्यदल गठन गरेको हो ।
तीनवटै कार्यदलको आज मन्त्रालयमा बैठकवसी संंभाव्यता अध्ययन सुझाव कार्यदलको कार्यविवरण (टिओआर) दिएर ४५ दिन भित्र प्रतिवेदन बुझाउने कार्र्यदेश दिईएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयोे ।
डिल्लीशर्मा अधिकारीकोे संयोजकत्वमा १२ सदस्यीय आवासीय विद्यालय सञ्चालनका लागि संभाव्यता कार्यदल, हरिप्रसाद घिमिरेको संंयोजकत्वमा १५ सदस्यीय स्थानीय भाषा विकास कार्यदल र ओम कोइरालाको संयोजकत्वमा राजनीतिक संंग्राहलय स्थापना कार्यदल गठन गरिएको सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
अधिकारी संंयोजकत्वको आवासीय विद्यालय सञ्चालनका लागि संभाव्यता कार्यदललाई सरकारी आवासीय विद्यालय स्थापना र सञ्चालनका लागि आवस्यक पूर्वाधार प्रक्षेपण गर्ने, सरकारी आवासीय विद्यालय सञ्चालनका लागि स्थान र व्यवस्थापनको सिफारिस गर्ने, सरकारी आवासीय विद्यालय स्थापनाको संगठनात्मक संरचना सिफारिस गर्ने लगायतको कार्यदेश दिईएको छ ।
घिमिरे संंयोजकत्वको स्थानीय भाषा विकास कार्यदललाई प्रदेश भित्रका स्थानीय भाषा मध्ये के कस्ता भाषाको विकासका लागि कार्यक्रमहरु सञ्चालन गर्दा उपयुक्त हुुन्छ, सिफारिस गर्ने, स्थानीय भाषाको विकासका कार्यक्रम सञ्चालन गर्दा भाषा विकाससँग संवन्धित संंस्थाहरुसँग सहकार्य गर्दा अपनाउनु पर्ने तौर तरिका सिफारिस गर्ने लगायतको कार्यदेश दिईएको छ ।
कोइराला संयोजकत्वको राजनीतिक संंग्राहलय स्थापना कार्यदललाई संंग्र्राहलय स्थापना गर्न स्थान सिफारिस गर्ने, संग्राहलयमा राखिने वस्तु तथा सामाग्र्रीको सूची तयार गर्ने, आवस्यक जनशक्ति तथा पूर्वाधारको प्रक्षेपण गर्ने लगायतको कार्यदेश दिईएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।