प्रकाशित : २७ चैत्र २०७५, बुधबार १३:५०


विराटनगर, २७ चैत । विराटनगरमा गएराती सम्पन्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आठौं महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
लोकतान्त्रिक अपांग संघका गणेश केसीलाई हराउदै नेकपा निकट अपाङ्ग संघका शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षसहित शर्माको पूरै प्यानल विजयी भएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा रमेश लामा, महिला उपाध्यक्षमा रमा ढकाल, महासचिवमा राजु बस्नेत र कोषाध्यक्षमा के.पी. अधिकारी निर्वाचित हुनु भएको छ । महाधिवेशनले सचिवमा भावुकजंग थापा, केन्द्रीय समादस्यहरुमा रमेश पोखरेल , सुगम भट्टराई, सीता सुवेदी, रुपारानी राई, प्रतिमा लामालाई निर्वाचित गरेको छ ।
अनुशासन आयोगको संयोजकमा टेकनाथ न्यौपाने, अनुशासन आयोग सदस्यमा कुमार पौडेल निर्वाचित हुनु भएको छ । समावेशी तर्फका १३ जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।